आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

नयाँ वर्षको अवसर पारेर नेपाली चलचित्र ‘पासवर्ड’ युट्युबमा रिलिज गरिएको छ । बलिउड अभिनेत्री सनी लियोनीको आइटम डान्स रहेकाले चर्चामा आएको यस एक्सन–लभस्टोेरी चलचित्रमा सन्नीसँगै अनुपविक्रम साही ,विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको छ। अधिकांश यूकेमा छायांकन गरिएको यस चलचित्र नेपालबाट मन्दिरको मूर्तिलाई चोरेर लण्डन पुर्याइएको र मूर्ति नेपाल ल्याउन मुख्य पात्रले गर्ने संघर्षमा आधारित छ ।

सम्राट बस्नेत निर्देशित यस चलचित्रमा निर्देशक बस्नेत स्वयंको द्वन्द्व निर्देशन ,अर्जुन पोखरेलको संगीत,सीमा गुरुङको कथा,निर्देशक बस्नेत र महेश दवाडीको पटकथा र अमरजीत सिंहको छायांकन रहेको छ । चलचित्रमा अमित बस्नेत र हिराल जोशी निर्मातामा रहेका छन् ।

movie:

२ बैशाख २०७७, मंगलवार ०५:५८