अब युट्यूवबाटै संगित कक्षा संचालामा

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

अब संगित कक्षा युट्यूवबाटै संचालन हुन थालेको छ । संगितकार  तथा गायक मदन गोपालले संगित कक्षा संचालन गरेका हुन् । गोपालका अनुसार कोरोनाभाइरसको महामारीका कारण मुलुक लकडाउन भएसँगै घर मै बसी बसी संगितको ज्ञान लिन चाहनेको लागि संगित अनलाइन कक्षा संचालन गरिएको हो । लकडाउनका कारण संगित विद्यालयमा कक्षा लिन जान सम्भव नहुने यो अवस्थामा लामो समयदेखि संगित प्रशिक्षकका कार्यरत गोपालले संगित सिक्न चाहने जो केहीले पनि आफ्नो अफिसियल यु्ट्यूव च्यानलबाट संगित सिक्न सक्ने जानकारी दिएका छन् ।संगित कक्षामा शास्त्रिय, आधुनिकलगायतको अभ्यासका साथै संद्धान्तिक ज्ञान पनि दिइने उनले बताए ।

गोपाल नेपालका विभिन्न विद्यालय तथा माइती नेपाल र म्युजिक नेपालको नेपाल म्युजिक संगित विद्यालयमा पनि संगित प्रशिक्षकका रुपमा कार्यरत छन् । चलचित्रमा पनि संगित दिँदै आएका गोपालका गिती एल्बमहरु म्युजिक नेपालमार्फत यसअघि नै सार्वजनिक भइसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट संगित विषयमा स्तानकोत्तर गरेका गोपाल रेडियो नेपालबाट पनि शास्त्रिय स्वर परिक्षा उत्तिर्ण गरेका गायक हुन् ।

video: