प्रहरीमाथी ढुंगा प्रहार गर्नेलाई सलमानको चेतावनी

मुम्बई/(एजेन्सी)

बलिउड अभिनेता सलमान खानले कोभिड–१९ का कारण लकडाउन भएपछि बिचल्लित चलचित्र उद्योगका २५ हजार दैनिक ज्यालादारी मजदुरको खर्च वहन गरेका छन् । कोरानाका कारण मारमा परेका चलचित्र उद्योगका बाहेक अन्य पिडितहरुलाई पनि उनले आर्थिक सहयोग गर्दै आएका  छन् । यसबेला लकडाउनका कारण आफ्नै घरमा बस्दै आएका सलमानले सामाजिक संजालमा बेलाबेलामा सन्देशमुलक भिडियो सार्वजनिक गर्दै आएका छन् ।

यतिबेला भने उनले एक रिसाएको भिडियो सार्वजनिक गरेका छन्। यस्तो महामारी फैलिरहेको अवस्थामा पनि मानिसहरु घर बाहिर निस्किएर प्रहरीको काम बढाइदिने सार्वसाधारण मानिसहरुसँग उनी रिसाएका हुन्। मानिसहरु घर बाहिर निस्किएर  रोग फैलाएको उनले भिडियोमा उल्लेख गरेका छन्। उनले भनेका 'केही यस्ता मान्छेहरुका कारण भाइरस दिनदिनै बढिरहेको छ, जो सरकारको आदेश नमानी खुलेयाम बाहिर डुलिरहेको छ। यदि आफू र परिवारलाई एकसाथ देख्न चाहनुहुन्छ भने सरकारको आदेशको पालना गर्नुहोस, घर भित्रै बस्नुहोस् ।’

यस्तो महामारीको बीच आफ्ना आफन्त, आफ्नो ज्यान नभनी खटिएका प्रहरीमाथि ढुंगा हान्नेहरूलाई औल्याउँदै उनले भिडियो बनाएका हुन्। उनीहरुलाई  ढुंगा हान्नेहरूलाई सलमानले आफू र परिवारको जीवन खतरामा नपार्न भिडियो मार्फत चेतावनी दिएका छन्। उनले यो अवस्थामा खटिएका डाक्टर र प्रहरीलाई आफूले निकै सम्मान गरेको बताएका  छन्।