‘मैले आठ लाख सहयोग गर्न लागेको समाचार झुटो हो’: विराज भट्ट

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

यतिबेला विश्वभरीनै कोरोना भाइरस (कोभिड १९) महामारीको रुपमा फैलिरहेको छ । (कोभिड–१९) जोखिम हुन नदिन नेपाल सरकारले देशमा निरन्तर लकडाउन गर्दै आएको छ। दिनानुदिन यसको संक्रमण बढदै गइरहेको हुनाले लकडाउनको अवधी अझै लम्बिने देखिएको छ। लकडाउन भएपछि ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरहरु यतिबेला चपेटामा परेका छन् । सरकारको तर्फबाट र विभिन्न संघ-संस्था तथा व्यक्तिगत रुपमा मजदुरहरुलाई धेरैले सहयोग गरिरहेका छन्। सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा लोकगायक बद्री पंगेनी, वर्षा सिवाकोटी लगायत अन्य कलाकारहरुले पनि सहयोग गरिसकेका छन्। र धेरैले सहयोगको घोषणा गरिरहेका छन्।

यो भाइसरको प्रभाव विश्वभरीनै धेरै क्षेत्रमा परेसँगै चलचित्र क्षेत्रमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ। विशेषगरि नेपालका प्रावधिकहरु यसको प्रत्यक्ष मारमा परेका छन्। यस कुरालाई मध्यनजर गर्दै धेरै चलचित्रकर्मीहरुले चलचित्र प्राविधिक संघ मार्फत सहयोग गरिरहेका छन् र सहयोग गर्ने घोषणा पनि गरिरहेका छन्। यसैगरी केही दिन अघि अभिनेत्री पूजा शर्माले प्राविधिकलाई दुईलाख बराबारको  गुणस्तरीय खाद्यान्न वितरण गरेकी थिइन्। पूजाले प्राविधिकहरुको घर-घरमै पुगेर खाद्यान्न वितरण गरेकी हुन्। त्यसैगरी अभिनेता पल शाहले २०७७ साल बैशाख १ गतको अवसर पारेर दुइ सय प्राविधिकको परिवारलाई राहत वितरण गरे । उनले पाँच लाख बराबरको खाधान्न वितरण गरे हुन्। यसैगरी अन्य चलचित्रकर्मीहरुले पनि यो कठिन घडीमा दैनिक मजदुरी गरेर खानेहरुको लागि सहयोगको हात अगाडि बढाउँदै आएका छन्।

केही दिनदेखि सामाजिक सञ्जालमा अभिनेता विराज भट्टले आठ लाख सहयोग गर्ने समाचार भाइरल भइरहेको छ। उक्त समाचार सेयर गर्दै धेरैले विराजको तारिफ पनि गरिरहेका छन्। हाल आफ्नो परिवारसँगै बस्दै आएका विराजले आफूले उक्त घोषणा नगरेको बताएका छन्। आफूले अहिलेसम्म कुनै आर्थिक सहयोगको घोषणा गरेको नगरेको र यो अन्जान व्यक्तिले अपवाह फैलाएको उनको भनाइ छ। आठ लाख सहयोग गर्न लागेको समाचार झुटो रहेको उनले बताएका छन्।