फुटसल बनाउँदा काम गर्न आएका मजदुरलाई ‘बल्छी धुर्बे’को सहयोग

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

हाँस्य कलाकार मरिचमान श्रेष्ठ उर्फ ‘बल्छी धुर्बे’ले दैनिक मजदुरी गरेर जीविको पार्जन गर्ने एक मजदुरको परिवारलाई दैनिक उपभोग्य खाद्यान्न सहयोग गरेका छन्। उनले एक दशकदेखि काठमाडौंमा ज्याला मजदुरी गर्दै आएका चार जना सदस्य रहेका परिवारलाई खाद्यान्न सहयोग गरेका गरेका हुन्। बल्छीले आफैँ मजदुरको डेरासम्म पुगेर खाद्यान्न दिएको जानकारी दिए। वनस्थलीकोमा डेरा गरेर बस्ने ती मजदुर बल्छीले फुटसल बनाउँदा काम गर्न आएका थिए। त्यसतै काम गर्ने मजदुरहरु अहिले लकडाउनको कारण मारमा परेको भन्दै आफूले पनि सक्ने सहयोग गरेको बल्छीले बताए। बल्छीको सहयोगले मजदुरको परिवार निकै खुसी देखिएका छन्।

दुई सन्तान र श्रीमतीसँग बस्दै आएका मधुधन राई नामका ती मजदुरको हालत निकै दयनिय छ। प्यारालाइज भएकी श्रीमती र दुई सन्तानलाई उनले एक्लै धान्दै आएका छन्। अहिले काम रोकिएपछि उनी निकै संकटका परेका छन्। यसैबीच उनीहरुको हालतलाई बुझी बल्छीले जबसम्म लकडाउन खुल्दैन तबसम्म उनीहरूको सम्पूर्ण खर्च बेहोर्ने बताएका छन्। जति समयसम्मका लागि लकडाउन लम्बिएपनि उनीहरुको खर्च आफैँले बेहोर्ने जिम्मा लिएको बल्छीले दाबी गरेका छन्।