सरकारलाई नाजिरको खबरदारी !

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

कोरोना भाइसरको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण परिवारसँग छुटिएर काम गर्न बाहिर गएका मजदुरहरु र कोठा भाडामा बस्ने मानिसहरु गाउँ फर्किनेक्रममा यतिबेला मारमा परेका छन्। महामारी फैलिएपछि मरेपनि परिवारको साथमै मर्ने भन्दै घर आउँन खोज्नेहरु हिडेरै आफनो घरसम्म पुगिरहेका छन्। हिडेरै घरजाने क्रममा बाटोमा अलपत्र परेका मानिसहरुले सास्ती भोगेको खबर फोटोसहित सार्वजनिक भइरहेको छ। सर्वसाधारण लगायत कलाकारहरुले भने यस बिषयमा आवाज उठाएका छन् । सामाजिक संजालको माध्यमबाट जनतालाई सचेत रहन र  सरकारले बेवास्ता गरेका बिषयलाई लिएर उनीहरुले खबरदारी गरिरहेका छन्।

यसैबीच अभिनेता नाजिर हुसेनले पनि यस बिषयमा आवाज उठाइरहेका छन्। केही दिन अघि उनले सरकारलाई औँल्याउदै ‘कि खाना देउ, कि जान देउ’ लेखेको प्लेकार्ड बोकको फोटो सामाजिक संजालमा राखेका थिए। उक्त पोष्ट धेरैले शेयर गरेका थिए। फेरी उनले सामाजिक संजालमा ‘सत्ता तपाइसँगै छ, शक्ति तपाइसँगै छ। अनी लौरो पनि तपाइसँगै छ।’ लेखिएको एउटा प्लेकार्ड बोकेको फोटो अपलोड गरेका छन्। हुसेनले मारमा परेका जनताहरुकालागि सत्ता र शक्ति प्रयोग गर्न , यसको दुरुपोग नगर्न भन्दै सरकारको ध्यानआकर्षण गराउँन खोजेका छन्।