‘सपनामा टम र जेरी झगडा गरिरहेको देख्थेँ,उठेर उनीहरुको झगडा कागजमा लेख्थेँ’: स्वर्गीय जीन डाइच

हलिउड,एजेन्सी।

सन् १९२४ अगस्ट ८ तारिखमा सिकागोमा जन्मिएका कार्टून फिल्म निर्माता निर्देशक जीन डाइचको ९५ वर्षको उमेरमा निधन भएको छ। विश्वले नै सार्वधिक रुचाएको 'टम एण्ड जेरी', 'द सेलर म्यान', लगायतका चर्चित कार्टूनका निर्माता तथा निर्देशक डाइचलाई गत बिहिबार प्रागस्थित आफ्नो अपार्टमेन्टमा मृत अवस्थामा भेटिएको डाइचका प्रकाशक पिटर हिम्मेलले पुष्टि गरेका छन् ।

जीन निकै प्रतिभाशाली व्यक्ति थिए। पाइलटलाई तालिम दिने, सेनाका लागि ड्राफ्टम्यानको काम गर्ने रमाइला कार्टून फिल्म बनाउने लगायतका उनमा अन्य निकै प्रतिभा थिए। सन् १९४४ मा उनको स्वास्थ्य सम्बन्धि समस्याका कारण उनलाई सेनाबाट हटाइएको थियो। उनले सेनाको जागिर छोडेपछि एनिमेसनको क्षेत्रसँग जोडिए थिए। जब उनी एमजीएम प्रोडक्सन हाउससँग जोडिए टम एण्ड जेरीको शुरुवात उनले त्यसैबेलाबाट गरे । उनले एक इन्टरभ्यूको क्रममा भनेका छन्। 'टम एण्ड जेरी जस्तो कार्टून निर्माण गर्नु एउटा चुनौतीको बिषय थियो। जसमा मुसा र बिरालोको कहिले पनि झगडा समाप्त हुँदैन ।अडियन्सलाई वर्षौंसम्म याद हुनेगरी हसाँउने चुनौती ममाथि तेर्सिएको थियो। त्यसैमाथी पनि जसले केही नबोली आफ्नो हाउभाउले सबैलाई हँसाउन सकोस। त्यस्तै ‘टम र जेरी पात्र मेरो दिमागमा यसरी बसेको थियो कि राती पनि सपनामा उनीहरु झगडा गरिरहेको देख्थेँ। बिहान उनीहरुको झगडा कागजमा उतार्थेँ।’

उनले थपे 'एनिमेटर भएको नाताले मैले एउटा सिरिजमा हज्जरौं कार्टून स्ट्रिप बनाउनु पर्दथ्यो किनभने त्यतिबेला कम्प्युटर प्रविधि थिएन।’