यस्तो रहयो ऋषि कपुरको फिल्मी यात्रा

मुम्बई , एजेन्सी ।

बलिउडका होनाहार अभिनेता ऋषि कपुरको आज बिहिबार बिहान निधन भएको छ। उनको ६७ वर्षको उमेरमा निधन भएको हो। बुधबार ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो। कपुर सन् २०१८ देखि क्यान्सर बाट पिडित थिए । अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए । यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।

मुम्बईको चेम्बुरमा सेप्टेम्बर ४ सन् १९५२ मा शो म्यान अर्थात निर्माता तथा निर्देशक राज कपुर र आमा कृष्णा कपुरका दोश्रा छोराको रुपमा जन्मिएका कपुरले सन् १९७० मा 'मेरा नाम जोकर' चलचित्रबाट बाल कलाकारका रुपमा बलिउडमा डेब्यू गरेका थिए। उक्त चलचित्रबाट उनले राष्ट्रिय पुरस्कार समेत जितेका थिए।  ऋषिले ठूलो भएपछि डिम्पल कपाडियासँग चलचित्र 'बबी'बाट चलचित्रमा मुख्य अभिनेताको रुपमा डेब्यू गरे। सन् १९७३ मा रिलिज भएको उक्त चलचित्र त्यतिबेला निक्कै हिट भएको थियो । उनले सो  चलचित्रबाट फिल्मफेयरमा सर्वत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए।

सन् १९७३ देखि २००० सम्म ९२ बढी चलचित्रमा काम गरेका उनले अधिकाशं चलचित्रमा रोमान्टिक भूमिका निभाएका छन्। सन् २०११ मा 'दो दुनी चार' चलचित्रका लागि फिल्मफेयरमा क्रिटिक्स अवार्ड जितेका उनले सन् २०१७ मा 'कपुर एण्ड सन्स' चलचित्रका लागि फिल्मफेयरमै सह-अभिनेताको अवार्ड जितेका थिए। उनले १९७३ देखि ८१ को अवधिमा एक दर्जन चलचित्रमा काम गरेका थिए। जीवनकालमा ५१ चलचित्रमा सोलो हिरोको रुपमा काम गरेका उनका धेरै चलचित्र  वक्सअफिसमा सफल भएका छन। 'बबी'का अलावा 'लैला मजनु','रफुचक्कर' 'सरगमु','कर्जु', 'प्रेम रोगु','नागिना', 'हनीमुन','चाँदनी','बोल राधा बोल'आदि उनका सफल चलचित्र हुन्। ऋषि कपुरको खास नाम ऋषि राज कपुर हो। उनी अहिलेका चकलेटी अभिनेता रणवीर कपूरका बावु हुन्। उनी १९८० जनवरी २२ मा अभिनेत्री नीतु सिंह सँग बिवाह बन्धनमा बाँधिएका थिए।