ऋषिको हँसिलो अनुहारमा दुखाइ देख्न नसकेर अभिनाभ ऋषिलाई भेट्न कहिल्यै अस्पताल गएनन्, लेखे यस्तो भावुक ब्लग

मुम्बई , एजेन्सी ।

गएको बिहीबार ऋषि कपुरको निधन भयो। उनको निधनले बलिउड जगत यतिबेला शोकमा डुबेको छ । ऋषि कपुरको निधनमा अमिताभ बच्चनले आफू टुक्रिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो भावना व्यक्त गरेका छन्। ऋषिलाई संकट परेको बेला समेत आफू अस्तापलमा भेट्न नगएको उनले बताए । यसको कारण उनले खुलाएका छन्। ऋषिले संसार छोडने बेलामा  ऋषिको अनुहार हेर्न नसक्ने भएर अस्पताल नगएको उनले बताएका छन्। ऋषि कपुरको निधन भएको राती अमिताभले भावक हुँदै एक ब्लग लेखेका छन् । उनको ब्लग यसप्रकार रहेको छ।

उनले थपेका छन्। 'हामी दुईले थुप्रै चलचित्रमा काम गर्यौं। सेटमा उनको स्वभाव निकै प्रभावशाली हुन्थ्यो। गम्भीर दृश्यमा पनि उनको रोचक पाटो खोज्ने बानी थियो। उनको डायलग बोल्ने शैली निकै गहकिलो थियो। जुन दक्षताले उनी आफ्नो गीतको लिप्सिङ गर्दथे त्यस्तो अरु कसैले पनि गर्न सक्दैन थिए। सेटमा पनि समय निकालेर तास खेल्न रुचाँउथे उनी।

खेलमा गम्भीर प्रतिस्पर्धा हुन्थ्यो। उनले सबैलाई मनोरञ्जन गराउँन जानेका थिए। २०१८ देखि क्यान्सर बाट पिडित उनले उपचारको क्रममा उनले आफ्नो स्थितीमा कहिले पनि अफसोस जताएनन्। अस्पताल जाने बेला उनी सधैं रुटिन चेकअप भएको बताउँथे र चाँडै नै भेट्ने बाचा गर्दथे।’ म भने उनलाई कहिले पनि अस्पतालमा भेट्न गइनँ किनभने म उनको हँसिलो अनुहारमा दुखाइ देख्न चाहन्नथेँ। तर जब उनले संसार छाडे उनको अनुहारमा मुस्कान झल्किएको थियो।' यी दुईले १९७६ पहिलो पटक चलचित्र ‘कभी कभी’मा एकसाथ काम गरेका थिए।अन्तिम पटक भने २०१८मा  ‘१०२ नट आउट’मा काम गरेका थिए ।