सुस्माको कुकरको नाम पूजा? पूजामाथि सुस्मा किन यति धेरै आक्रोशित ? यस्तो छ कारण

आर्टिष्ट खबर/बैशाख काठमाडौं।

यतिबेला नेपाली मिडियामा अभिनेत्री पूजा शर्मा र सुस्मा कार्कीको सम्बन्धलाई लिएर निकै चर्चा परिचर्चा भइरहेको छ । केही समयअघि रमाइलो छ टिभीमा रमाइलो गर्दै उक्त टिभीका संचालक उत्सव रसाइलीले  सुस्मा कार्कीलाई मन नपर्ने अभिनेत्री को भनेर प्रश्न गर्दा सुस्माले सिधै पूजा शर्माको नाम लिएकी थिइन् । यतिमात्र नभएर उनले पूजालाई 'छया छया न एक्टिंग छ न अनुहार छ यस्तैले नेपाली चलचित्र क्षेत्रमा हिट खाइरहेको छ' समेत भनेकी थिइन्। त्यसैगरी केही दिनअघि ऋषि धमलासँगको इन्टरभ्यूमा पनि सुस्माले पूजाको नमामा आतंक मच्चाइन् । उनले पूजाले फेक आइडी बनाइ नक्कली फ्यान बनेर आफूलाई सामाजिक सञ्जालमार्फत गाली गरेको आरोप लगाएकी थिइन् । यस बिषयलाई लिएर उनी विरुद्ध काठमाण्डौ परिसर टेकु समेत पुगेको हल्ला चलेको छ । पूजा भने यस बारे मौन  छिन् । उनलाई अहिले केही बोल्ने जरुरत देखिएको छैन । किनकी यतिबेला उनका शुभचिन्तकहरुले सुस्माको जवाफ दिइरहेका छन् । 'हामी पूजाको रियल फ्यान हौँ । पूजाको स्थानमा पुग्न नसकेर तिमीले पूजाको खुट्टा तान्न खोजेको' भन्दै पूजाको फ्यानहरु यतिबेला सामाजिक सञ्जालमा उर्लिएका छन्। ऋषि धमलासँगको इन्टरभ्यू र उत्सव रसाइलीको  इन्टरभ्यूमा सुस्माले पूजालाई जतिपनि आरोप लगाएकी छिन् यस्ले आफूलाई नै अडियन्सको नजरमा गिराएकी छिन्। उक्त इन्टरभ्यूको कमेन्टमा एक जनाले पनि सुस्माको सर्पोट गरेका छैनन्। कमेन्टममा सुस्मा माथि गालीको वर्षा वर्षिएको छ भने पूजालाई अडियन्सले वाह वहा वर्षाएका छन्।

सुस्माको कुकरको नाम पूजा?

केही समयअघि बलिउड अभिनेता आमिर खानले आफनो कुकुरको नाम शाहरुख राखेको भनेपछि यो कुराले निकै बिवाद निम्त्यिायो। बलिउडमा ठुलै हंगामा मच्चिएपछि आमिरले शाहरुख खानलाई माफी मागेका थिए। अहिले भने उनीहरु बीचको सम्बन्ध सुमधुर रहेको छ। यसैगरी केही समयअघि सुस्मा कार्कीले आफ्नो इन्स्टा स्टोरीमा आमिरको नक्कल गर्दै मेरो घरको फिमेल कुकुरको नाम पूजा हो भन्दै भिडियो राखेकी थिइन्। उक्त कुराले निकै बिवाद ल्यायो। तर यसबारे पनि पूजा शर्माले भने मुख खोलेकी छैनन्। तर केही दिनअघि पूजाले फेसबुकमा 'भुसिया कुकुरहरु जति कराएपनि बाघले कहिल्यै भुसिया कुकुरहरुलाई फर्किएर हेर्दैैन' भन्दै स्टाटस लेखेकी थिइन्। उनले यो स्टाटस सुस्मनलाई तार्गेट गरेर लेखेको भनेर सिधै अनुमान लगाउन सकिन्छ। सुस्माले पूजाको मात्र होइन अरु कलाकारहरुलाई पनि खसालेर बोलेकी छिन्। उनले उनै उत्सव सँगको इन्टरभ्यूमा चर्चित गायिका मेलिना राइलाई चिन्दिन भनेकी छिन्। तर मेलिनाले गाएको गीतमा भने मोडल बनेर खेल्न उनी पछि सरेकी छैनन्। त्यसैगरी महानायक राजेश हमालको पनि एक्टिंग खास्सै राम्रो होइन तर म उहाँलाई मान्छु भनेकी छिन्।

पूजामाथि सुस्मा किन यति धेरै आक्रोशित ?

धेरै वर्ष पहिलेको सुर्दशन थापा निर्देशित 'मेरो एउटा साथी छ' चलचित्र रिलिज भयो। जसमा सुस्मा कार्कीको पनि सानो रोल थियो। चलचित्रमा मेन फिर्चड भने आर्यन सिग्देल र नम्राता श्रेष्ठ थिए। उक्त चलचित्र हिट भयो तर सुस्माको नाम कतै आएन। त्यसैगरी  सुर्दशनकै निर्देशन रहेको अर्को चलचित्र 'के यो माया हो' मा सुर्दशनले सुस्मालाई लिड रोल दिएका थिए। उक्त चलचित्र सफल हुन सकेन। सुर्दशनको यो चलचित्रबाट पनि सुस्माले नाम कमाउन सकिनन् तर त्यो समय सुस्मा र सुर्दशन बीच प्रेम सम्बन्ध छ भन्ने चर्चा चलेको थियो। तर आधिकारीक रुपमा कुनै समाचार सार्वजनिक भएको थिएन। मात्र नेपाली चलचित्र जगतमा हल्ला चलेको थियो। त्यसपछि सुर्दशन थापा निर्देशित अर्को चलचित्र प्रेम गीतमा भने सुर्दशनले नयाँ अभिनेत्री पूजा शर्मालाई लिड रोल दिए। उक्त चलचित्र सुपरडुपर हिट भएपछि पूजाको नाम जताततै छायो। पूजाको सफलता असहय भएपछि पूजामाथि सुस्मा आक्रोशित भएको भन्न सजिलै सकिन्छ। किनकी यतिधेरै रिस गर्न उनीहरुको फेस टु फेस कहिल्यै झगडा परेको छैन। यदि परेको हुन्थियो त यो बिषय मिडियामा छुप्दैन थियो। उक्त समयदेखि सुस्माको फिल्मी करियर डामाडोल हुदैँ आयो। फिल्मको अफर आउँन छोडेपछि उनी म्यूनिक भिडियोमा काम गर्दै आएकी छिन्। त्यसपछि सुर्दशनले लगातार आफ्नो चलचित्र पूजालाई दिन थाले। 'राम काहानी', 'म यस्तो गीत गाउँछु' आदी चलचित्रमा पूजालाई नै मेन रोल दिए। चलचित्र हिट पनि भए। यो कुराले झन सुस्माको रिस पूजाप्रति बढन थाल्यो। त्यसपछि सुस्माले पूजालाई इन्टरभ्यूमै बिना कसुर गाली गर्न थालेकी हुन्। यतिमात्र नभएर धेरै चलचित्रमा सँगै काम गरेपछि पूजा र सुर्दशन नजिकिएको चर्चा चल्न थाल्यो। त्यसपछि झन सुस्माले पूजालाई छया छया भन्न थालेकी हन्। अहिले पनि नेपाली मिडिया पूजा र सुस्माको सम्बन्धलाई लिएर खुब तातेको छ। यो सेलाउन तब छोडछ जब सामाजिक सञ्जालमा सुस्माले पूजाको खेदो खन्न छोडछिन्।