युट्युबमा हेर्नुहोस सौगात र बेनिशाको ‘झ्यानाकुटी’ (पूरा फिल्म)

आर्टिष्ट खबर/बैशाख काठमाडौं।

साढे दुई वर्ष अघि प्रर्दशनमा आएको चलचित्र  ‘झ्यानाकुटी’ युट्युबमा सार्वजनिक गरिएको छ। अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल अभिनित चलचित्रले दर्शकको राम्रो साथ पाएको छ । यो समाचार तयार पार्दै गर्दा नौ लाख तीस हजारले चलचित्र हेरिसकेका छन्। चलचित्रले हलमा दर्शकको खासै राम्रो साथ पाएको थिएन। अभिनेत्री निशा अधिकारीले निर्माण गरेको यस चलचित्रले हलबाट आफ्नो लगानी उठाउन समेत सकेको थिएन ।

कोरोनाको त्रास बढेसँगै सरकारले गरेको लकडाउनका कारण यतिबेला सबै मानिसहरु घरमै थुनिएका छन्। यो समय सबैकालागि इन्टरनेट समय बिताउने माध्यम बनेको छ। लकडाउनमा परिवारसँग बसेर सबैले युट्युबमा चलचित्र हेर्ने भएकाले अहिले धमाधम नयाँ चलचित्र युट्युबमा सार्वजनिक गरिएको पाइएको छ । यसले गर्दा दर्शकहरुलाई समय काटन निकै सहज भएको छ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्रमा सौगात र बेनिशाको अभिनय दर्शकले खुब रुचाएका छन्। प्रदीप भारद्वाजको कथा लेखन रहेको चलचित्रमा सौगात र बेनिशासँगै सुमि मोक्तान, जीवन भट्टराई, पुष्कर गुरुङ लगायतको पनि अभिनय रहेको छ। हरी हुमागाईंले खिचेको यस चलचित्र अहिले नेपालको युट्युबमा ट्रेंडिंग नं तीनमा रहेको छ।

Movie: