सामाजिक संजालमा करिश्माको उपद्रो

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि दिनानुदिन बढदै गएपछि नेपाल सरकारले लामो समयदेखि देश पूर्णरुपमा लकडाउन गर्दै आएको छ। आम नेपालीले सरकारको यसप्रकारको निर्देशनलाई पालना गरी सरकारलाई साथ दिदैँ आएका छन्। लकडाउनका कारण यतिबेला सर्वसाधारण मानिसहरुसँगै चर्चित कलाकारहरु पनि घरमै थुनिन बाँध्य भएका छन्। कतै हिडडुल गर्न नपाइने भएकाले यो अवस्थामा कलाकारहरु घरमै बसेर कोही पुस्तक पढेर समय बिताइरहेका छन् त कोही चलचित्र हेरिरहेका छन्। कोही खाना पकाउँन सिक्नमा ब्यस्त छन्। सबैजसो कलाकारहरु यतिबेला सामाजिक संजालमा निकै सक्रिय देखिएका छन्।

यसैबीच सदबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर आफ्नै दुई घर गोदावरी र बूढानीलकण्ठमा लकडाउन बिताउँदै आएकी छिन्। यतिबेला भने उनी गोदावरीस्थित निवासमा छिन्। उनले गोदावरीस्थित घरमा फूलसँग रमाइरहेको फोटोहरु  सामाजिक संजालमा सार्वजनिक गरेकी छिन्। हालमा चप्पल बोकेर गाडीमा बसेर उनले फोटो खिच्दै क्यापसनमा ‘आजको उपद्रो’ लेखेकी छिन्।

बेलाबेलामा अपाच्य स्टाटसका कारण चर्चामा आइरहने उनले लकडाउनको समय घरमै बसेर सुरक्षित रहन स्टाटसमार्फत अनुरोध गर्दै आएकी छिन्। केही दिनअघि उनले गोदावरी निवासबाट लकडाउनमा दैनिक गुजारा गर्न अप्ठ्यारो परेकाहरुलाई राहत बाँडेकी थिइन्। यसैगरी अन्य कलाकारहरुले पनि मारमा परेका मानिसहरुलाई राहत वितरण गर्दै आएका छन्।