खुमन र प्रीतिको ‘लकडाउनको दोहोरी’मा राजेश हमालपनि (भिडियो)

आर्टिष्ट खबर/बैशाख काठमाडौं।

कोरोना त्रासका कारण सरकारले गरेको लकडाउनपछि घरमै सिमित रहन बाध्य भएका व्यस्त सर्जकहरुले यस समयमा पनि नयाँ सिर्जना गर्न भने छाडका छैनन्। उनीहरुले बिभिन्न तवरबाट  दर्शक तथा श्रोतालाई  मनोरन्जन दिदैँ आएका  छन्। कोही कविता बनाउँदै आफ्नै युट्युबमार्फत सार्वजनिक गर्दै आएका छन् भने कोही बिभिन्न सन्देशमुलक भिडियो निर्माण गर्दै सार्वजनिक गर्दै आएका छन्।

यस महामारीको समयबीच बिभिन्न गीत संगितहरु पनि  सार्वजनिक हुदैँ आएका छन्। यसैबीच गायक खुमन अधिकारी र गायिका प्रीति आलेले दर्शक तथा श्रोताबीच लोक दोहोरी गीत ‘लकडाउनको दोहोरी’ सार्वजनिक गरेका छन् । माधव न्यौपानेको शब्दमा गायक खुमनकै संगीत रहेको उक्त लोक दोहोरी गीत अहिले दर्शकमाझ निकै लोकप्रिय बनेको छ । गीतको भिडियोमा महानायक राजेश हमाल, गायिका कोमल वली, गायक शंकर विसी, खुमन अधिकारी,प्रीति आले, अन्जली अधिकारी,रीना थापा,श्रृष्टि खड्का लगायत दजर्नबढी कलाकारको अभिनय रहेको छ। उनीहरुले आ-आफ्नै घरबाट अभिनय गरेका छन्। माधव न्यौपानेको कोरियोग्राफी र राजेश कुमारको सम्पादन रहेको भिडियो वित्रलम चौहानको निर्देशनमा तयार भएको हो।

video: