अमेरिकन फिल्ममा स्वस्तिमा खड्का

आर्टिष्ट खबर/बैशाख काठमाडौं।

नेपालकी सफल अभिनेत्रीको रुपमा चिनिएकी स्वस्तिमा खड्का अब अंग्रेजी भाषाको चलचित्रमा देखिने भएकी छिन्। अमेरिकन टोलीले निर्माण गर्ने उक्त चलचित्रका लागि टोलीले नेपाल नै आएर स्वस्तिलाई फाइनल गरेका हुन्। अन्य केही अभिनेत्रीहरुले पनि उक्त चलचित्रका लागि अडिसन दिएका थिए। झण्डै २ महिना अगाडि टोलीले लिएको अडिसनमा मुख्य अभिनेत्रीको भूमिकामा स्वस्तिमा छानिएकी हुन्। चलचित्रका लागि स्वस्तिमा र युनिट बीच लिखित सम्झौता भैसकेको छ। नाम सार्वजनिक भइनसकेको उक्त चलचित्रमा अभिनेताको रुपमा भने अमेरिकन कलाकारनै फाइनल भएका छन्।

सम्पूर्ण छायांकन अमेरिकामै गरिने बताइएको चलचित्रको छायांकन कोरोनाको आतंक सकिएपछि शुरु गर्ने बताइएको छ। जुलाईबाट छायांकन शुरु गरिने भनिएको चलचित्रमा स्वस्तिमासँगै अर्की नेपाली अभिनेत्रीको पनि भूमिका रहने बुझिएको छ। तर अभिनेत्रीको नाम भने खुलाइएको छैन। अभिनेत्री स्वस्तिमा खड्काले नेपाली चलचित्र क्षेत्रमा राम्रो स्थान बनाएकी छिन्। अघिल्लो वर्ष  प्रर्दशनमा आएको चलचित्र ‘बुलबुल’बाट स्वस्तिमाले आफ्नो दमदार अभिनयले धेरैको मन जितेकी थिईन्। उक्त चलचित्रबाट उनले राष्ट्रिय अवार्ड समेत हात पारेकी थिईन्।