ऋषि कपुरका ५ उत्कृष्ट फिल्म

मुम्बई/(एजेन्सी)

केही समयका बलिउडका हस्ती अभिनेता ऋषि कपुरले ६७ वर्षको उमेरमा यो संसारबाट बिदा लिए। गएको बिहीबार उनको निधन भएको हो। क्यान्सरबाट पीडित ऋषि कपुर एक्कासी अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो। भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो। अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए। फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

उनले सन १९७०मा हिन्दी चलचित्र 'मेरा नाम जोकर'बाट बलिउडमा पाइला टेकेका थिए। १६ वर्षका ऋषिले उक्त चलचित्रमा बाल भूमिकामा काम गरेका थिए। यस चलचित्रले पहिचान बनाउन नसकेका उनी १९७३ मा चलचित्र 'बबीबाट हिट भए। 'बबी'ले सफलता पाएपनि यसपछिका धेरै वर्ष उनका चलचित्रले सफलता पाएनन्। सन् १९८० दशकपछि भने उनले बलिउडमा ठुलो सफलता हात पारे। एकपछि अर्को गर्दै उनका चलचित्र हिट साबित भए। कपुरले आफ्नो जीवनकालमा ९२ वटा चलचित्रमा मुख्य भुमीका निर्वाह गरेका थिए।

उनी अभिनित 'मेरा नाम जोकर','सरगम','बोल राधा बोल', ‘इना मीना डीका, 'साजन का घर','बबी','प्रेम रोग','चादनी','लक् बाइ चान्स','कपुर एण्ड सन्स' लगाएत थुप्रै चलचित्रले बक्स अफिसमा सफल ब्यापार गरेका थिए। 'लभर ब्वाइ' नामले चिनिने ऋषिले आफनो अभिनयले दर्शकलाई मोहित बनाउने गर्थे। १९८० दशक पछिका उनका 'सरगम','प्रेमरोग','नसिब','सागर', नगिना' लगायतका चलचित्र स्मरणीय छन्। ऋषिका केही यादगार चलचित्रको सूचीमा यी चलचित्र राखिएको छ।