धेरै प्रेमिकासँग रोमान्स गरेका सलमान अहिले सम्म किन अविवाहित ?

मुम्बई/(एजेन्सी)

बलिउडका सुपरस्टार ५३ वर्षीय सलमान खान अहिले सम्म अविवाहित छन्। हुन त उनका प्रेमिकाहरूको सूची बनाउने हो भने एउट निकै लामो लिस्ट बन्छ । धेरैसँग अफेयर चले पनि उनको विवाह भने कसैसँग हुन सकेको छैन। उनका प्रशंसकहरुले सबैभन्दा बढी यसै बिषयमा प्रश्न गरेको पाइन्छ । केही समय अघि चलचित्र भारतको प्रचारप्रसारमा व्यस्त रहेका सलमानले आफ्नो विवाहका बारेमा कुराकानी गर्दै आफ्नो अहिलेसम्म विवाह हुन नसक्नुको रहस्य खोलेका थिए । उनले कुनैपनि युवतीले आफूलाई विवाहकालागि प्रस्ताव नराखेको कारण आफू अहिलेसम्म अविवाहित रहेको बताएका थिए।

चलचित्र भारतमा कट्रिनासँग स्क्रियन सेयर गरेका सलमानलाई सो चलचित्रभित्र अभिनेत्री कट्रिनाले विवाहको प्रस्ताव राखेकी छिन्। यसै प्रसंगलाई आधार मान्दै 'तपाईँलाई वास्तविक जीवनमा पनि कुनै युवतीले विवाहको प्रस्ताव राखेकी छिन्?' भनेर भारतिय मिडियाले सोधेको प्रश्नमा सलमानले आफ्नो विवाह नहुनाका कारण खोलेका हुन्। उनले भनेका छन्–‘मलाई वास्तविक जीवनमा कुनै पनि युवतीले विवाहको प्रस्ताव राखेनन्। समाचारका अनुसार सलमानलाई कुनै पनि युवतीले विवाहको प्रस्ताव नराखेकामा भने दुःख लागेको छ।