‘गुलाबो सिताबो’लाई लिएर निराश छन् अमिताभ र आयुष्मान

मुम्बई/(एजेन्सी)

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि हाल अधिकांश देश लकडाउन गरिएको छ । लकडाउनले विश्वका बिभिन्न व्यवसाय क्षेत्रलाई प्रभाव पार्नुको साथै यसले सिने क्षेत्रमा पनि ठुलो प्रभाव पारेको छ। यसैगरी बिगत लामो समयदेखि लकडाउनमा रहेको भारतमा अझैँ लकडाउन लम्बिदै गएपछि बलिउडका निर्माताहरुले डिजिटल माध्यमबाट चलचित्र धमाधम प्रर्दशन गर्न थालेका छन्। लकडाउनका कारण रोकिएका चलचित्र निर्माताहरुले डिजिटल माध्यमबाट प्रर्दशन गर्न थालेका हुन्।

यो खाली समयमा मानिसहरुमा घरमै बसेर चलचित्र हेर्ने बानीको विकास हुँदै गएपछि निर्माताहरु डिजिटल प्रर्दशनमा थप आकर्षित भइरहेका छन्। यसरी सबैले घरबाटै चलचित्र हेरेपछि निर्माताले पनि लगानीको मुनाफा पाउने सम्भावना सिर्जना भइरहेको छ । यसैगरी सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘राधे’सँगै अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘लक्ष्मी बम’का निर्माता पनि डिजिटल विक्रीका लागि तल्लित देखिएका छन्। भारतिय समाचारका अनुसार फेरी अर्को चलचित्र डिजिटल प्लेटफर्म मार्फत प्रर्दशन हुने भएको छ। निर्देशक सुजित सिरकारको निर्देशनमा तयार भएको चलचित्र ‘गुलाबो सिताबो’ पनि डिजिटल प्लेटफर्मबाट प्रर्दशन हुने भएको हो। निर्माताहरुले हलसम्म चलचित्रको लागि पर्खन नसकेका कारण यो निर्णय लिएको जनाइएको छ। डिजिटल विक्रीबाट निर्माताले राम्रै रकम पाएको बताइएको छ। तर यस चलचित्रका मुख्य अभिनेता अमिताभ बच्चन र आयुष्मान खुराना भने लक डाउन खुलेपछि हलमै चलचित्र प्रर्दशन गर्न इच्याएका थिए। त्यसैले यो निर्णयमा यी दुई भने खुसी छैनन्। रौनी लाहिरी र सेल कुमारको लगानी रहेको चलचित्रमा जुही चर्तुदेवीको कथा लेखन रहेको छ। बिषेशगरी यस चलचित्रमा अमिताभको लुक्सलाई लिएर खुब चर्चा भइरहेको छ ।