निर्मला पन्तको जीवनमा आधारित फिल्म ‘कोपिला’ डिस होममा आउँदै

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

बलात्कार पछि बिभत्स हत्या गरिएकी १४ बर्षीय निर्मला पन्तको हत्या प्रकरणलाई आधार बनाई  निर्माण गरिएको चलचित्र ‘कोपिला’ सार्वजनिक प्रदर्शन अगाडि नै डिसहोममा आउने भएको छ। दर्शकको मागलाई स्विकार गर्दै निर्माण युनिटले  मंगलबार उक्त चलचित्र डिसहोममा ल्याउन लागेको हो ।

लकडाउन अगाडिनै चलचित्र प्रदर्शनको तयारीमा रहेको थियो। निर्माण युनिटले चलचित्रको प्रचारप्रसार सुरु गरिसकेको थियो तर लकडाउनका कारण चलचित्रको प्रदर्शन रोकिएपछि डिसहोम मार्फत चलचित्र सार्वजनिक गर्न लागेको निर्माण युनिटले जानकारी दिएका छन्। शिवम् अधिकारीको निर्देशन रहेको चलचित्रमा गणेश गिरीको प्रस्तुति, संचारकर्मी मणिराज गौतमको लगानी रामेश्वर कार्कीको छायाँकन र समिर मियाको सम्पादन रहेको छ। कार्यकारी निर्मातामा सुबास काफ्ले रहेको यस चलचित्रमा गणेश गिरी, सन्जिवनी खरेल, सरिता गिरी, प्रकृती खरेल, विमल पौडेल, पुष्प आचार्य, ऋद्धिचरण श्रेष्ठ, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, प्रतिक्षा खड्का, अस्मिता जुरेली, राखी क्षेत्रीलगायतको अभिनय रहेको छ। करीब ८० लाख रुपैयाको लागतमा निर्माण भएको यो चलचित्रले स्व:निर्माला पन्तको बलात्कार र हत्या पछि सिर्जित सामाजिक स्थिति र हाल सम्मको अवस्थामा आईपुग्दा सम्मको चित्रण समेटीएको छ। प्रमुख पात्र निर्माला अर्थात ‘कोपीला’को भुमिकामा संजीवनी खरेल लाई फिर्चड गरिएको छ। ‘कोपीला’मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थिति समाबेश गरिएको छ ।