सर्जक-स्रष्टाहरुलाई लकडाउनले छैक्दैन ,घरबाटै बनाए ‘मलाई एकछिन् देउ’ (भिडियो)

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

कोरोना भाइसरबाट बच्न सरकारद्दारा गरिएको लकडाउनका कारण प्राय जसो सबै नेपालीको जीवनशैली प्रभावित बनेको छ। लकडाउनले  हरेक मानिसको दिन चरिया फरक बनाइ दिएको छ। आम मानिसहरुको जस्तै यतिबेला गायक तथा कलाकारहरु पनि घरमै समय बिताइरहेका छन्। देशविदेशको सांगीतिक कार्यक्रम दगुरीरहने गायकहरुले अहिले गजबको फुर्सद पाएका छन्। भ्याइनभ्याइ एकपछि अर्को चलचित्रमा अभिनय गर्ने कलाकारहरु अहिले आफ्नै अभिनय रहेको चलचित्र हेरेर दिन काटदै आएका छन्। तर केही सर्जक र स्रष्टाहरुलाई सिर्जना गर्न लकडाउनले छेकेको छैन। उनीहरु इन्टरनेटको माध्यमबाट नयाँ गीत संगीत सिर्जना गरेर सार्वजनिक गरिरहेका छन्।

यसैबीच यस लकडाउनको समय दुर्गालाल श्रेष्ठको शब्द न्यूह बज्राचार्यको संगीत रहेको एक गीत सार्वजनिक भएको छ। संगीतकर्मी न्युह बज्राचार्य, योगेश्वर अमात्य र जेम्स प्रधानले ‘मलाई एकछिन देउ’ बोलको गीत बनाएका छन्। बज्राचार्यको संगीत रहेको गीतमा योगेश्वर अमात्य ,जेम्स प्रधान र न्युहकै स्वर रहेको छ। गीतमा गोपाल रसाइलीले गितार र सुन्दर महर्जनले पर्कसनमा साथ दिएका छन्।सबैजना आफ्नै घरमा सुरक्षित रहेर लकडाउनको पालना गर्दै  उनीहरुले गीत बनाएका हुन्। गायक जेम्स प्रधानले उक्त गीत आफ्नो युटयुब च्यानल मार्फत सार्वजनिक गरेका छन्। यही टिमले यसअघि ‘क्या बोर भयो’ गीत तयार पारेका थिए। उक्त गीत दर्शक श्रोताले मनपराएपछि फेरी अर्को गीत बनाएको यस टिमको भनाइ छ।