‘केबीसी’ सिजन १२को डिजिटल अडिसनको तयारी, इच्छुकले यसरी भाग लिन सक्ने

मुम्बई/(एजेन्सी)

कोरोना महामारीका कारण बढिरहेको लकडाउनले हरेक क्षेत्रलाई प्रभावित पारेको छ। यो रोगको संक्रमणलाई फैलन नदिन र यसको रोकथाम तथा नियन्त्रणकालागि हाल अधिकांश देश लकडाउन गरिएको छ। लकडाउनले विश्वका बिभिन्न व्यवसाय क्षेत्रलाई प्रभाव पार्नुको साथै सिने क्षेत्रमा पनि ठुलो प्रभाव पारेको छ। दिनानुदिन संक्रमण फैलिदै गएपछि अन्यदेश जस्तै भारतिय सरकारले पनि लकडाउन लम्ब्याउँदै गएपछि बलिउडका निर्माताहरुले डिजिटल माध्यमबाट चलचित्र धमाधम प्रर्दशन गर्न थालेका छन्। लकडाउनका कारण रोकिएका चलचित्र निर्माताहरुले डिजिटल माध्यमबाट प्रर्दशन गर्न थालेका हुन्। लकडाउनक कारण मानिसहरुले घरमै बसेर चलचित्र हेर्ने भएपछि निर्माताहरु डिजिटल प्रर्दशनमा थप आकर्षित भइरहेका छन्।

यसैबीच चर्चित टीभी शो ‘कौन बनेका करोडपति’ को अडिसन र पहिलो शृंखला पनि डिजिटल प्लेटफर्ममै हुने भएको छ। सोनी च्यानले आफ्नो आधिकारिक ट्विटर पेजमार्फत ‘केबीसी १२’ मा सहभागी हुनका लागि दर्ता प्रक्रियाबारे जानकारी दिएको छ। यससँगै यस शोसँग प्रस्तोता अमिताभ बच्चनले पनि १० मा प्रिमियर भएको १२औं सिजनको प्रमोमा यसबारेमा जानकारी दिइसकेका छन्। प्रोमोजस्तै यस सिजनको सबै एपिसोड अमिताभ आफ्नो घरभित्रै बसेर शो सञ्चालन गर्दैैछन्। सोनी च्यानलका अमित रायसिंहनीका अनुसार अडिसनमा भाग लिनकालागि इच्छुकले सोनी लाइभ एप डाउनलोड गरेर अथवा १२ मेको बेलुकी ९ बजेभित्र एसएमएस पठाएर पनि सहभागी हुन सक्नेछन्। उनले भनेका छन् 'यो पहिलो सिजन हो जसको छनोट र प्रसारण अनलाइनबाट हुनेछ। डिजिटल प्लेटफर्मबाट प्रसारण हुने १२औं सिजनले ज्ञानको शक्तिलाई नयाँ परिभाषा दिनेमा हामी विश्वस्त छौं।'

अडिसनको पहिलो प्रश्न रहेको छ 'चाइनाको कुन ठाउँमा पहिलोपटक कोरोना भाइरस पत्ता लागेको थियो?' हिन्दुस्तान टाइम्सका अनुसार पहिलो चरणको अडिसन प्रतियोगीहरूले पठाएको भिडियोलाई सोनी च्यानलमा लाइभ छनोट गरिनेछ। अन्तिम चरणका लागि छानिएका प्रतियोगीहरूसँग भने भिडियो कलमार्फत छनोट हुने बताइएको छ ।