लकडाउनको उल्लंगन गर्दै रबि लामिछाने समेत चर्चित कलाकारहरु, बाहिरियो भिडियो (भिडियो सहित)

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

पछिल्लो समय चर्चित पत्रकार रवि लामिछानेले 'सिधा कुरा जनतासँग' कार्यक्रम मार्फत कोरना भाइरसका बारेमा अपडेट दिईरहेका छन्। लकडाउनमा बजार निस्केको भन्दै लामिछानेले ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि तङ्ग्रंग झोल हालेर खाउँ तर बाहिर नजाउँ, बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोपसँग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपि थपि खानुहोला’। उनको यो भनाई निकै चोटिलो छ। टेलिभिजन कार्यक्रममा रबिले भनेको यो डायलग टिकटक लगायतका सामाजिक संजालहरुमा चर्चित भएका छन्। अरुलाई अर्ती दिने तर आँफैले सोहि अर्ती नमान्दा रबि अहिले हाँसोको पात्र बनेका छन्। डेढ माहिनादेखि सरकारले गरेको लकडाउनबीच एउटा चकित पार्ने भिडियो सार्वजनिक भएको छ।

अरुलाई पाठ सिकाउने रवि लामिछाने आफै कलाकारहरुसहितको महाभोजमा उपस्थित भएको भिडियो सार्वजनिक भएको हो। जसमा रबि लामिछाने सहित उनकी पत्नी चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा टिभी फिल्मीकी अध्यक्ष निकिता पौडेल, अभिनेता दीपक राज गिरी,अभिनेत्री तथा निर्देशक दीपा श्री निरौला, नायिका पुजा शर्मा, अभिनेता किरण केसी, अभिनेता अनुराग कुँवर, पत्रकार उत्सव रसाईली लगायतले कुनै एउटाको घरमा भेलाभई मस्ती गरिरहेको देख्न सकिन्छ। भिडियोमा बिभिन्न परिकारहरु बनाई खाँदै गरेको र सबै एकै ठाउँ रहेर भोजन गरिरहेको देख्न सकिन्छ। सरकारले जेष्ठ ५ सम्मलाई लकडाउन घोषणा गरेको छ। लकडाउन अवधिभर बाहिर ननिस्कन सरकारले गरेको अनुरोधलाई बेवास्ता गर्दै जम्बो कलाकार टोलीको बीचमा भोज खाँदै गरेको रविलाई देख्न सकिन्छ। नेपाल प्रहरीले मंगलवार मात्रै लकडाउन उलंघन गरेको अभियोगमा दर्जनौंलाई पक्राउ गरेको थियो। यस्तो अवस्थामा भिडियोका आधारमा पनि यी कलाकारहरु र लामिछानेलाई कानुनी रुपमा पक्रन सक्ने अवस्था समेत छ। रवि सहित कलाकारकाहरुको भोज भने कलाकार अनुराग कुवँरको घरमा भएको बुझिएको छ।