रबि र दीपकराजपछि महाभोजबारे पुजाको प्रस्टीकरण

आर्टिष्ट खबर/जेठ,काठमाडौं ।

'सिधा कुरा जनतासँग' कार्यक्रमका प्रस्तोता रबि लामिछानेसहित चर्चित कलाकारहरुको महाभोजले पछिल्लो समय निकै चर्चा पाइरहेको छ। उनले चलाउने कार्यक्रम 'सिधा कुरा जनतासँग' मार्फत उनी आँफैले कोरना भाइरसका बारेमा अपडेट दिईरहेका छन्।  पछिल्लो समय कार्यक्रम मार्फत उनले सरकारले गरेको लकडाउनको अवस्थामा सामाजिक दुरी कायम गर्नुपर्ने र कसैलाई घर बाहिर ननिस्कन अनुरोध गर्दै आएका छन्। केही दिनअघि उनले ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि तङ्ग्रंग झोल हालेर खाउँ तर बाहिर नजाउँ’ भन्दै आम जनताहरुलाई अनुरोध गरेका थिए। यसैबीच उनले एक जोशिलो र चोटिलो तरिकाले जनतालाई उपदेश दिएका थिए । ‘बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोप संग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपि थपि खानुहोला’ तर अरुलाई पाठ सिकाउने उनै रबि लामिछाने आफै कलाकारहरुसहितको महाभोजमा उपस्थित भएको एक भिडियो सार्वजनिक भएपछि अहिले यस बिषयमा बिभिन्न टिक्का टिप्पणी चलिरहेको छ । सरकारले गरेको जेष्ठ ५ गतेसम्मको लकडाउनको अनुरोधलाई बेवास्ता गर्दै जम्बो कलाकार टोलीसहित लामिछाने आफैँ एकजुट भएर भोजन गर्दै गरेको भिडियोमा देख्न सकिन्छ । रबिसहित अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेत्री पूजा शर्मा लगायतका चर्चित कलाकारहरुले भोज गरेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसको आलोचना भएको हो । धेरैले लकडाउनको बेवास्ता गरी सामाजिक दुरि कायम नगरी भोज गरेको भन्दै आलोचना गरेका छन् ।

यसै बिषयमा रबि लामिछाने,दीपकराज गिरी सहित अर्कि चर्चित अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै प्रस्टीकरण दिएका छन्। रबि लामिछाने र दीपकराज गिरीले भने यसबारे बिभिन्न समाचार बने लगत्तै प्रस्टीकरण दिएका थिए भने अभिनेत्री पूजा शर्माले केही समय लगाएरै प्रस्टीकरण दिएकी छिन्। जे होस प्रस्टीकरण दिन चाहीँ उनीपनि अछुत रहिनन्। महाभोजमा उपस्थित सबैले यसबारे स्टाटसमार्फत प्रस्टीकरण दिदैँ आएका छन्।

उनले सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै भनेकी छिन् : 'राहत बाड्ने क्रममा हामी खाना खाने क्रममा कलाकार अनुराग कुवँर ज्यु को घरमा म लगायत आदरणीय किरण के।सी दाइ, दिपक दाइ, दिपा दिज्जु गको थियौ। रेस्टुरेन्ट हरु सबै बन्द भको अस्वथामा घरभित्रै बसेर टरठ जना खाना खानु भनेको सामन्य नै हो जस्तो लाग्छ मलाई किनभने प्राय सबैको घरमै टरठ जना परिवारको सदस्य  नै हुन्छन्। हामी लकडाउनले पारेको क्षतिको बारेमा छलफल गर्दै थियौ। म एस्तो गीत गाउँछु, लक्का जवान, दिपक दाइ दिपा दिदिहरुको भावी सिनेमा को योजनाको छलफल गरिराको थियौ।। त्यो भन्दा एकदिन अगाडि सरकारले लकडाउन खुकुलो को घोषण गरिसकेको थियो। अब आगामी हाम्रो देशको स्थित र हाम्रो सिनेमा क्षेत्रको भबिस्यको बारेमा कुरा गर्दा सधै जनताको हकहित को लागि बोल्ने र गर्ने आदरणीय रबि दाइलाइ सम्झियौ अनि फोन लगायौ ।। रबि दाइ नजिकै हुनुहुदो रहेछ। हामीले मिल्छ भने एकछिन को लागि भेटौ न त।। वहाँले हाम्रो निमन्त्रणा लाई स्विकार्दै आउनु भयो। आगामी राहत बाड्ने र स्थिति को बारेमा छलफल गरेर खाना खान बसेका हौँ।  सामान्री खाना खाको कुरालाइ अतिरन्जित  नबानाएको हुन्थ्यो। तेस्तो गलत गरेको भय किन मैले फोटो पोस्ट गर्थे होला र।। त्यहा लुकाउनु पर्ने के थियो भन्ने लागेर नै पोस्ट गरेको हो मेरो स्टोरी मा।। भको कुरा यहि हो।।।। my immense luv & respect for rabi dai & my all respected seniors???