साम्राज्ञीलाई भुवनको कडा चेतावनी !

असार, काठमाडौं ।

केही दिनअघि हटकेक नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले निर्माता, निर्देशक तथा नायक भुवन केसीले आफूमाथि गरेको अभद्र ब्यवहार बारे बोलेकी थिइन्। भुवन केसीद्दारा निर्मित चलचित्र ‘ड्रिम्स’को छायांकनका क्रममा आफूलाई बेवास्ता गरिएको, छाता ओड्न नपाएर घाममै तातिएर बस्न परेको, यहाँ सम्म की खाना समेत टाइममा नदिएको, त्यस समय आफूले निकै दुख पाएको, सेटमा आफूलाई सबैले बेवास्ता गरेको बताएसँगै केसीले जापानमा आयोजित एक अवार्ड कार्यक्रममा आफूमाथि घिनलाग्दो व्यवहार देखाएको भन्दै 'ड्रिम्स’ छायांकनको पाँचवर्ष पछि साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी थिइन्। उक्त भिडियो भाइरल भएपछि भुवन केसीले नायिका साम्राज्ञीले आफूमाथि झूटो आरोप लगाएका छन्। यसो त उनले साम्राज्ञीको भिडियोको तत्कालै जवाफ दिएका थिए। उनले स्टाटस लेख्दै जवाफ दिएका थिए ।

'खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् रु जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी,,, भुवनको यो स्टाटसपछि साम्राज्ञी र भुवनको सामाजिक सञ्जालबाटै  विवाद चलिरहेको छ।'

हाल भने केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई आफ्नो बारेमा नचाहिने अफवाह नफैल्याउन चेतावनी दिएका छन्। साम्राज्ञीलाई तोक्दै उनले फेसबुकमा एक लामो स्टाटस लेख्दै चेतावनी दिएका हुन् । उनले लेखेका छन् ,,डियर साम्राज्ञि,

तपाईंलाई पहिलो पटक नाइकाको रुपमा सुपर काजल फिल्मको चलचित्र 'ड्रिम्स' बाट चलचित्र क्षेत्र मा पदार्पण गर्ने मौका दिने ब्यक्ति प्रती ,तपाईं धन्यवादि हुनुहुन्छ भन्नेमा म अपेक्छया गर्दछु १ करिब ६ बर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत् भै सुपर हिट् भएको चलचित्र ड्रिम्सको शूटिङको क्रममा पानी खान पाइन ,छाता वोड्न पाइन ,सूबिधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन बर्ष पछाडि ,र आज भोली मात्र म लगायेत् अरु निर्माताहरुलाई पनि गाली गलौज गरेको देख्दा आस्चर्य लागेको छ १ आफुलाई ब्रेकदिने पितातुल्य ब्यक्तीको बारेमा अनर्गल तथा झुटा कुराहरु ऊुल्लेख् गरी तपाईंले मेरो बारेमा आफ्नो इन्ट्साग्रममा भिडियो पोस्ट बनाइ पोस्ट गर्नु भएको सामाग्री हरुको सम्भन्ध मा मेरो गम्भिर ध्यान आकर्शन भएको छ !!

अब उप्रान्त तपाईंले म भुवन के सी ले बिगत करिब् चलिस् बर्ष देखी नेपाली चलचित्रमा काम गरी बिभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आज सम्म येहि चलचित्रको क्षेत्रमा रात दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिस्ठाहरुमा आघात पुग्ने गरी पुन तेस्ता मान मर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम , फेसबूक या अन्य कुनै पनि सामाजिक सन्जाल्मा पोस्ट नगर्न, हुन सुचित गर्दछु ! मेरो यो सुचनाको बाब्जुद तपाईंले एस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे गराएमा तपाईं ऊुपर प्रचलित साइबर् कानुन र मानहानी सम्बन्धी कानुनको प्रगोग गरी मलाई पुग्न गएको मानसम्मानको हानी नोक्सानी उपर तपाईंबाट एथोचित छेति पुर्ती गराउने र तपाईंलाई कानुन बमोजिमको सजायेको भागेदारी गराउनुको निमित्त,आवसेक् कानुनी प्रकृयाको थालनि गर्ने ब्यहोरा तपाईंलाई बढो दुस्खका साथ् जानकारी गराउदछु !

भवदिय भुवन के.सी

सिनामंगल ,काठमाडौं ,वडा न.९

मिती २०७७ साल, अषाढ १८ गते

शुभम !