दुर्गेशको बिच्चबिच्चमा-२’ लाई चोरीको आरोप, ‘त्यो गीत मैले सुनेकै थिइनँ’-दुर्गेश

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">काठमाडौं, असार ।&nbsp;</span></pre><p style="text-align: justify; ">गायक दुर्गेश थापाले गत बर्ष तीजलाई लक्षित गर्दै ‘हामी पनि नाच्नुपर्छ बिच्चबिच्चमा’ गीत ल्याएर खुब चर्चा कमाए । उक्त गीत तीजमा मात्र नभएर बिवाह,पार्टी, वर्तबन्धमा पनि जोडजोडले घन्किएको सुनिन्छ। यस बर्षपनि तीजलाई लक्षित गर्दै थापाले ‘बिच्चबिच्चमा-२’ बजारमा ल्याइसकेका छन्। उक्त गीत अहिले देखिनै हिट साबित भइसकेको छ । तर यस गीतलाई&nbsp; चोरीको आरोप लागेको छ। </p><p style="text-align: justify; ">‘बिच्चबिच्चमा-२’मा लोक कवि अली मियाँको गीतको अन्तरा जस्ताकोत्यस्तै चोरी गरेको आरोप लागेको हो। अली मिया लोक वाङ्मय प्रतिष्ठानका अनुसार&nbsp; हरिदेवी कोइराला र प्रेमराजा महतको स्वरमा रहेको ‘आकासमै बादलु डम्मै छ’ अन्तरा जस्ताकोत्यस्तै चोरी गरेको आरोप छ। तर दुर्गेश थापाले भने अली मियाँको गीत आफूले पहिले कहिल्यै नसुनेको बताएका छन्। यसअघिको थापाको अर्को गीत ह्याप्पी तिहार’पनि थप चर्चामा आयो। तर गीतमा प्रयोग भएको शब्दलाई औल्उाउँदै उनीमाथी उजुरी नै परेको थियो । पछिल्लो समय बजारमा आएका उनका गीतले बिवाद खप्न परेको स्पष्ट देखिएको छ ।&nbsp;</p>