लोकगीत चोरी भए प्रतिष्ठानमा जान सकिने

गोपिकृष्ण चापागाईं/ असार, काठमाडौं ।

बिगत लामो समय देखी नेपाली लोकदोहोरी गीत तथा कलाकारहरुको हकहितका लागी काम गर्दै आएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले लोक गीत चोरी भएमा न्याय खोजिदिने भएको छ । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयसँगको समन्वयनमा प्रतिष्ठानले गीत चोरीको उजुरीलाई हेर्ने भएको हो ।

बिहीबार बसेको प्रतिष्ठान र प्रतिलिपी अधिकार रजिष्ट्रार कार्यालयको बैठकबाट लोकगीत चोरी भएमा प्रतिष्ठानमै उजुरी गर्न सकिने र प्रतिष्ठानले रजिष्ट्रार कार्यालयसँग सहजिकरण गरिदिने निर्णय भएको प्रतिष्ठानका केन्द्रिय सदस्य पिएन सापकोटाले आर्टिष्ट खबरलाई जानकारी दिनुभयो । ‘अब गीत चोरी भयो भने प्रतिष्ठानमा सिधै उजुरी गर्न सकिनेछ । त्यसै उजुरी बमोजिम कानुनी प्रकृया अगाडी बढ्नेछ ।’ सापकोटाले भन्नुभयो ।

बिभिन्न कलाकारहरुले आफ्ना गीतका शब्द, भाका चोरी भएको भन्दै सामाजिक सञ्जालमा दुखेको पोख्ने गरेको पाइएको थियो । गीत चोरी भइ बजारमा आउँदा पनि आफूहरुको कुरा सुनिदिने कुनै संस्था नभएको र भएका संस्थाले पनि न्याय नदिएको गुनासो थुप्रै कलाकारहरुले गर्दै आएका थिए । यसअघि बिभिन्न चर्चित तथा लोकप्रिय लोकगीतको चोरीको बिषयमा धेरै विवाद पनि भएका थिए । कतिपय विवाद यतिकै सेलाएका छन् भने कतिपयले आपसी समझदारीमा विवाद सल्टाएका छन् ।

प्रतिलिपि रजिस्टारकी अध्यक्ष बिष्णुदेखी भट्टराई फुयाललाई भेट्न प्रतिष्ठानका वर्तमान अध्यक्ष रमेश बिजी, पुर्व अध्यक्षद्धय दुर्गा रायमाझि, चन्द्र शर्मा, प्रतिष्ठानका उपमहासचिव तथा रोयल्टि संकलन समाजका अध्यक्ष शिव हमाल र प्रतिष्ठानका केन्द्रिय सदस्य पिएन सापकोटा पुग्नुभएको थियो ।

केन्द्रिय सदस्य सापकोटाले कुनै पनि प्रदेश या जिल्लाका कलाकारहरुले सामाजिक सञ्जालमा अथवा कुनै पनि ठाउँमा आफ्नो गीत चोरी भयो भनेर गुनासो गर्नुभन्दा सिधै प्रतिष्ठान कार्यालय वा रजिष्टार कार्यालयमा गई उजुरी दिएमा दोषीलाई कडा कारबाही हुने जानकारी दिनुभयो । साथै उहाँले कुनै पनि कलाकारलाई सांगितीक क्षेत्रबाट निराश नहुन आग्रह गर्नुभएको छ ।

बिशेषगरी पछिल्लो समय पुराना लोकगीतका शब्द तथा लय चोरी भएका गुनासोहरु धेरै सुन्ने गरिएको छ । पुराना शैलीका गीतहरुलाई केहि परिवर्तन गरी नयाँ ढंगबाट प्रस्तुती गरि सार्वजनिक गरिएको गुनासो पटक पटक आएकाले प्रतिष्ठानले यो कलम चालेको बुझ्न सकिन्छ । केहिसमय अघिको अत्यधिक चर्चित गीत गायक प्रकाश सपुतको गलबन्दीमा एक पुरानो तिहार गीतबाट लय चोरीयो भन्ने विवाद पछि दुईपक्ष बिचको समझदारीमा टुगिंएको थियो । यस्तै अहिले भर्खर यसैबिचको तीज गीत दुर्गेश थापाको बिच्च बिच्चमा २ को शब्द चोरीको आरोप लागिरहेको छ ।

नेपाली लोकगीतको क्षेत्रमा गीतको शब्द चोरी हुँदा कलाकारहरुले नै प्रतिलिपि अधिकार रजिष्टारमा गई उजुरी नगरेको पाइएको छ । नेपाली चलचित्र तथा आधुनिक गीतको क्षेत्रमा पनि गीत चोरीको विवाद चलिरहन्छन् ।