डाड भाँचिएकी नरमायाको उपचारमा जुट्दै कलाकार स्वस्तिका

साउन, काठमाडौं । नुवाकोट लिखु गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौंको नागार्जुन ३ हलचोक बस्दै आउनु भएकी ४५ बर्षिय नरमाया घले बिगत १ बर्षदेखी सहयोग दाताको प्रतिक्षामा हुनुहुन्थ्यो । घर बनाउने काम गर्ने क्रममा पाँच तलाबाट खसेर ढाड भाँचिएपछि निकै कष्टकर जीवन बाँचिरहनुभएकी नरमायाको आर्थिकस्थिती कमजोर भएकाले उपचार गर्नै पाउँदिनकी भन्ने चिन्ता थियो तर अहिले कलाकार स्वस्तिका लामिछानेका कारण नरमाया खुसी देखिनुहुन्छ ।

कोरोना भाइरसका कारण चलचित्र तथा टेलिचलचित्रको काममा बिश्राम गरिरहनुभएकी कलाकार स्वस्तिका यो अवधिमा सामाजिक काममा सक्रिए देखिनुभएको छ । नरमायाको समस्या बुझिसकेपछि उहाँसँगै बहिनी सितल लामिछाने र तारा रानाभाटको टिमले सहयोगका लागी बिभिन्न ठाउँमा पहल गरिरहनुभएको छ । हामीले उहाँको समस्या थाहा पाउनासाथ डाक्टरलाई रिपोर्ट देखाउँदा उपचारका लागी ढिलो भइसकेको रहेछ । अब उपचार गर्नका लागी १ लाख ५० हजार लाग्ने भएकाले सहयोगी मनहरुलाई अपिल गरिरहेका छौं । कलाकार स्वस्तिकाले भन्नुभयो । सहयोग अभियानमा नागार्जुन नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रेमलाल श्रेष्ठ पनि जोडिनु भएको कलाकार स्वस्तिकाले बताउनु भयो ।

अहिले आर्थिक सहयोग जुटाउनका लागी एभिन्युज टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम कोरोना कहर एभिन्युज पहलमा आह्वान गरिएको छ । आफ्नो सानो सहयोगले कसैको जीवन बाँच्छ भने किन अघि नसर्ने ? स्वस्तिकाले भन्नुभयो । उहाँका अनुसार आफूहरुको सहयोग अभियानका लागी अहिलेसम्म १६ दिनको अवधिमा ६३ हजार २ सय ५० रुपैंया उठको छ ।