बजारमा बिकृती हावि भइरहेको बेला प्रकाशले ल्याए आङ जिरिङ्ग बनाउने ‘बदला बरिलै’

गोपिकृष्ण चापागाईं । साउन, काठमाडौं ।

पछिल्लो समय नेपाली गीतसंगीतमा बिकृती हावि भइरहेको बेला कलाकारहरुमा हेर्ने दृष्टिकोण फरक बनिरहेको बेला गायक प्रकाश सपुतले भने उत्कृष्ट प्रस्तुती सार्वजनिक गरेका छन् । प्रकाशको शब्द, संगीतमा रहेको बदला बरिलै बोलको गीतमा महिला माथि हुने दुब्र्यवहारलाई समेटिएको छ । गीतमा गायिका देवी घर्तिको एकल आवाज छ ।

यसअघि पनि शब्द तथा संगीत र गीतको भिडियोमा निकै ध्यान दिने प्रकाशले यसपटक पनि आफ्नो सिर्जनालाई उत्कृष्ट बनाउन कुनै कसुर बाँकी राखेको देखिदैन । गीतको भिडियो सहित शब्द, संगीतले आमा मानिसको आङ जिरिङ्ग बनाउँछ । कमेन्ट बक्समा दर्शक मिनराज सुनार लेख्छन्, 'आम्मामा शब्द र कन्सेप्ट, आङ जिरिङ्ग भयो आङका रौंहरु ठाडा ठाडा भए, मन बिथोल्यो, आँखाहरु अत्तालिएर रोए, यो त अत्याचार नै भयो नि दाई, ।' शुक्रबार राती सार्वजनिक गरिएको यो गीत आठ घण्टाको अवधिमै ५५ हजार बढीले हेरेका छन् ।

गीतको भिडियो कन्सेप्टको पनि धेरैले खुलेरै तारिफ गरेका छन् । केकी अधिकारी, धु्रब कोइराला लगायतले अभिनय गरेको भिडियो प्रकाश आफैले निर्देशन गरेका हुन् । अनिल कृष्ण मानन्धरले खिचेको भिडियोको सह निर्देशक देवेन्द्र बब्लु हुन् । भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् ।

भिडियोले बिशेष गरी पछिल्लो समय महिलामा हुने दुब्वर्यवहार अन्त्य गरौं भन्ने सन्देश दिन्छ । महिला माथि हुने बलात्कार जस्ता घटनालाई भिडियोमा उतारिएको छ । भिडियोमा बलात्कृत भएकी एक महिलाले भूत बनेर बदला लिएकी छिन् । भिडियो सेयर गर्दै गायक प्रकाशले लेखेका छन्, 'मलाई भुत प्रेत हुन्छ । मान्छेको मृत्यु भएपछि आत्म फर्केर आउछ भन्ने कुरामा त त्यति विश्वास लाग्दैन । तर जसले जघन्य अपराध गर्छ त्यसले कुनै न कुनै रुपमा सजाय पाउछ भन्ने कुरामा चाहि विश्वास लाग्छ । कुनै पनि शक्ति र पहुँचको आडमा – अपराध नगरौ १ बलत्कार नगरौ ।'

कलाकारलाई हेर्ने दृष्टिकोण उच्च

पछिल्लो समय नेपालमा बिशेष गरी लोक तथा दोहोरी गीतको क्षेत्रमा बिकृती हावि भइरहेको छ । छिनभरको रमाइलो र चर्चाका लागी कलाकारहरुले उश्रृंखल गीतसंगीत सार्वजनिक गरिरहेको पाउँछन् । त्यसैबिच गायक प्रकाशले सार्वजनिक गरेको यस गीतले कलाकारहरु माथि हेर्ने नजिर उच्च बनाइदिएको छ । कलाकार समाजका गहना हुन्, कलाकारले गरेको कामबाट आमा मानिसले सिको गर्छन्, त्यसैले कलाकारले सधैं सकारात्मक र उत्प्रेरक काम गर्नुपर्छ । यसरी नै गीतसंगीतमा मिहिनत र लगाव हुने हो भने नेपाली गीतसंगीतको क्षेत्रलाई हेर्ने दृष्टिकोण उच्च भइदिनेछ ।