अग्रज कलाकार नै महानायकः निरुता सिंह

साउन, काठमाडौं ।

अहिले नेपाली कला क्षेत्रमा चलचित्र र नेपाली गीतसंगीतका बिषयको चर्चा खुबै छ । पछिल्लो महिना देखी ‘महानायक’ विवाद चलिरहेको छ । कलाकार–कलाकार बिचमै यो बिषयमा आरोप प्रत्यारोप चलिरहेको छ । यस्तै कतिपय कलाकारले देशका साधारण बिषयमा ज्ञान नराख्दा आलोचित बन्नुपरेको छ ।

यसैबिच अभिनेत्री निरुता सिंहले सामाजिक सञ्जालमा एक लामो बिचार राख्दै महानायक बिषयमा बोल्नु भएको छ । शनिवार फेसबुकमा भुवन केसीलाई आफ्नो सपनाको महानायक भनेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता उहाँमाथि खनिएका छन् । भुवन केसीलाई सम्मान दिने बहानामा राजेश हमालको अपमान गरेको र भुवन केसीको चमचागिरी गरेको भन्दै उनको विरोध भइरहेको छ । यस विषयमा निरुताले आइतवार फेसबुकमा स्टाटस लेख्दै आफूले भुवन केसीलाई महानायकको उपाधि नदिएको र चमचागिरी पनि गरेको बताउनु भएको छ । राजेश हमाल चलचित्रमा आउनुभन्दा अगाडि भुवन केसीका ‘कुसुमे रुमाल’, ‘सम्झना’, ‘साइनो’ फिल्म हेरेको उल्लेख गर्दै उनले ‘मेरो सपनाको महानायक’ शब्दको मतलब दर्शकहरुले नबुझेकै हुन् त भनेर प्रश्न पनि गर्नुभएको छ ।

उहाँले राजेश हमाललाई आफूले पनि ‘महानायक’ मान्ने बताउँदै लेख्नुभएको छ, ‘एउटा कलाकारको नाताले के मलाई मेरो अग्रज दाई अनि दिदीहरूलाई सम्मानपूर्वक उपाधि दिने अधिकार पनि छैन र ? मेरो लागि ति सबै अग्रज कलाकारहरू नै महानायक अनि महनायिका हुन्, जसले हाम्रो सानो नेपाली चलचित्र क्षेत्रलाई यहाँसम्म पु¥याउनका लागि आफ्नो कलाको योगदान दिनुभएको छ ।’

उनले आफ्नो लागि राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाहलगायत महानायक र भुवन चन्द, बसुन्धरा भुसाल, करिश्मा मानन्धर, गौरी मल्ल, मिथिला शर्मालगायत महानायिका रहेको बताएकी छन् । कसैलाई सम्मान गरेर महानायक, महानायिका, सुपरस्टार वा मेघास्टारको उपाधि दिनु आफ्नो नितान्त विचार रहेको निरुताको भनाई छ । (समाचार हिमालय टाइम्समा प्रकाशित छ)