बेली भन्दा तिजमा ब्यस्त बिनु

साउन, काठमाडौं ।

नारीहरुको महाव पर्व हरितालिका तिजको अवसरमा बिभिन्न गीत छायांकन तथा सार्वजनिक भइरहेका बेला बेली डान्सरको रुपमा परिचित बिनु शाक्य पनि निकै ब्यस्त देखिनुभएको छ । बिशेष गरी बेली डान्स गर्नका लागी स्टेजहरुमा ब्यस्त रहने बिनु पछिल्लो समय स्टेज कार्यक्रम नभएपछि म्युजीक भिडियोमै काम गरिरहनुभएको छ ।

नेपालमा बेलि डान्सका त्यस्तो महत्व नभएका कारण पनि बेलि डान्सका भिडियो निकै कम बन्ने गर्छन् तर बिनुले बेली डान्स गरेर राख्ने सामाजिक सञ्जाल, टिकटक जस्ता एप्सहरुमा भने निकै रुचाएको पाइन्छ । यसैबिच अहिले बिनुले अभिनय गरेको तिज गीत ‘साडी राम्रो’ सार्वजनिक गरिएको छ जुन गीतमा बिनुले बेलि नभई सारी लगाएर छमछम नृत्य गर्नुभएको छ ।

गीतमा गायक वसन्त थापा मगरको स्वर, शब्द र संगीत छ भने अशोक लोहारुङ राईको संगीत संयोजन छ । भिडियोमा एसराज र बिनु शाक्यसँगै बाल कलाकार आयुशी शाक्य फिचर्ड हुनुहुन्छ । समन अधिकारी निर्देशित भिडियोमा फराज अर्पणको छायांकन, सम्पादन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

‘अहिले तिजको माहोल भएका कारण पनि तिजको अफर आइरहेका छन् । फेरी यसअघि पनि बेली डान्सका म्युजीक भिडियो भन्दा पनि स्टेजमा बेलीको अफर ज्यादा हुन्थ्यो ।’ बिनुले भन्नु भयो । ‘कतिपयले त तिजमै पनि बेली डान्स राखम भन्नु हुन्छ तर तिजको छुट्टै मौलिकता छ । त्यो उपयुक्त हुँदैन ।’