सुजनको रोडिज जित्ने सपना पुरा

साउन, काठमाडौं ।

लोकप्रिय टेलिभिजन सो ‘हिमालय रोडिज–३’का विजेता सुजन सुवेदीले १० लाख रुपैयाँ र यामाहा बाइक पुरस्कार पाउनु भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रम बिच बिजेता सुजनलाई हिमालय टेलिभिजनमा प्रमुख धर्मराज भुषालले पुरस्कार हस्तान्तरण गर्नुभयो ।

सुजनले पुरस्कार ग्रहण गर्दै बिजेता बन्न पाएकोमा आफुलाई निकै खुसी लागेको बताउनु भयो । ग्याङ्ग ग्रिन अन्र्तगत लाउरेको टिममा रहेका सुजनले अडिसन, कलिङ र जर्नी राउण्ड हुँदै फाइनलमा उपाधि जित्नु भएको हो । कार्यक्रम प्रश्चात मिडियासँग कुरागर्दै सुजनले यो खुसीको क्षणमा आफ्नो परिवारलाई सम्झिनु भयो । घरमा बाबा आमाको खुसीको आँशु देख्न नपाएकोमा केहि भावुक समेत बन्नु भएको थियो । ‘अहिले घर जान पाएको छ छैन, फोनमा म बिजेता भएँ भन्दा खुसीले रुनुभएको थियो ।’ सुजनले भन्नुभयो ।

‘‘बिजयी भएर पाएको रकमले आमा बुबाको स्वास्थ्य उपचार गर्ने सुजनको चाहाना छ । आमा बुबा छिट्टै पुरै निको भएको हेर्न चाहेको बताउनु भयो ।’’

अमन प्रताप अधिकारीले निर्देशन गर्नुभएको यो सो ४ महिनासम्म चलेको थियो । लकडाउनका कारण १५ औं एपिसोडमा पुगेर रोडिजको प्रशारण रोकिएको थियो । लकडाउन खुलेपछि हिमालय टीभीमा रोडिजको प्रशारण सुरु भएको थियो भने १८ औं भागमा यसको फाइनल सम्पन्न भएको हो ।

सुजनलाई बिजय भएपछि पाएको रकमले के गर्न मन छ भन्ने प्रश्नमा परिवारको औषधि उपचार गर्ने बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘अन्य का मगर्ने भन्दा पनि मेरो लागी सबैभन्दा ठुलो आमा बाबा हो, त्यसैले उहाँहरुको स्वास्थ्यका लागी खर्च गर्छु ।’ सुजनले बाबा आमा पोखरा रहेकाले बिजयी भएर पाएको मोटरसाइकल र रकम आमाको हातमा राख्दिने इच्छा भएको बताउनु भयो ।

हिमालय रोडिज साहसिकहरुको खेल मान्ने गरिन्छ । सोमा जज्ले दिएको काम प्रतियोगीहरुले पुरा गर्नुपर्ने हुन्छ ।