मदन पुरस्कारको सुचिमा ७ पुस्तक

साउन, काठमाडौं ।

नेपाली साहित्य जगतको प्रसिद्ध पुरस्कार मदन पुरस्कारका लागि कवि तीर्थ श्रेष्ठको कविता संग्रह धर्सैधर्साको चक्रव्यूह मनोनयनमा परेको छ । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७६ का लागि ७ कृति मनोनयनमा श्रेष्ठको कृति सुचिकृत भएको हो । गुठीले प्राप्त १५१ कृतिमध्येबाट बढीमा १० कृतिको सूची तयार गर्न गठित समितिले ७ पुस्तकको सूची उपलब्ध गराएको अध्यक्ष कुन्द दीक्षितले बताउनु भएको छ ।

गुठीद्वारा जारी वक्तव्य अनुसार तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, विमल निभाको जोकरको बन्दुक, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्म महारसको महारस निघण्टु (खण्ड १(३), चन्द्रप्रकाश बानियाको महारानी, ललित विष्ठको मोहपथ र शारदा शर्माको यात्रामा कृति मनोनयनमा परेका छन् ।

छनोटमा परेका यी पुस्तकहरू मध्ये एक पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार प्रदान गरिने छ।पुरस्कार छनौटका लागि झण्डै एक महिना लाग्नसक्ने  गुठीद्वारा जानकारी भएको छ ।