अब अनुको गाउने इच्छा

साउन, काठमाडौं ।

नायिका अनु शाह पछिल्लो समय म्युजीक भिडियोमा काम गरिरहनु भएको छ । तर पछिल्लो बर्ष अनुलाई चलचित्रको अफर खासै आएको थिएन । चलचित्रको यात्रा सुस्त हुँदै गइरहेका बेला अनुलाई अब गायिका बन्ने सौख चढेको छ ।

अनुले हालै आफ्नो स्वरमा एक गीत रेकर्ड गराउनु भएको छ । जुन आफ्नो फेसबुकमार्फत जानकारी दिनुभएको छ । शान्तिप्रियको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत भर्नुभएको छ भने भने मनोज चौलागाईंको एरेन्ज रहेको छ । नायिका अनुले ‘खुशी भएर काम गर्याै भने खुशी र सफलता दुवै मिल्ने’ भन्दै फेसबुकमा लेख्नु भएको छ ।

चलचित्रमा अभिनय गरेका नायिकाहरु रहरका लागी मात्र गीत रेकर्ड गराउने गरेको देखिएको छ तर निरन्तरता दिन सकेका हुँदैनन् । यसअघि पनि नायिका प्रियंका कार्कीले एक गीत रेकर्ड गराउनु भएको थियो । चर्चा राम्रो भएपनि प्रियंकाले गायनलाई निरन्तरता भने दिन सक्नुभएन ।