गायिका पुजा पुरीले मनाइन् जन्मदिन, २४ बर्षमा प्रवेश

साउन, काठमाडौं ।

लोक तथा दोहोरी गीतकी गायिका पुजा पुरीले जन्मदिन मनाएकी छिन् । आजबाट २४ बर्षमा प्रवेश गरेकी पुजाले सामाखुसी टाउनप्लानिंगस्थित एक क्याफेमा आफ्नो जन्मदिन सेलिब्रेशन गरेकी हुन् । सामाजिक दुरी कायम सहित मनाइएको जन्मदिन सेलिब्रेशनमा दर्जनौं चर्चित तथा नयाँ कलाकारहरुको उपस्थिती थियो ।

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा ८ वटा गीत गाएकी पुजा दोहोरी गीतका बिभिन्न संस्थामा पनि आवद्ध छिन् । नव गायिका हुँदा पनि प्रतिष्ठानका चर्चित तथा लोकप्रिय कलाकाहरु शुभकामना दिनका लागी उपस्थित देखिन्थे । 'मेरो निमन्त्रणालाई स्विकार गर्दै यहाँसम्म सबैजसो कलाकार आइदिनुभयो त्यसका लागी सबैमा बिशेष धन्यवाद दिन्छु', पुजाले आर्टिष्ट खबरसँग कुरा गर्दै भनिन् । उनले जन्मदिनको अवसरमा चितवनको एक बालगृहलाई आफूले सकेको आर्थिक सहयोग गरेको पनि बताइन् ।

जन्मदिन सेलिब्रेशनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष तथा सर्जक रमेश बिजी, निवर्तमान अध्यक्ष गायक बद्री पंगेनी, पुर्व अध्यक्ष तथा गायक चन्द्र शर्मा, गायिका देवी घर्ति, गायक राजु ढकाल, गायक शव हमाल, पिएन सापकोटा, मोडल शंकर बिसी, गायक रबिन लामिछाने, मोडल अन्जली अधिकारी लगायत दर्जनौं कलाकारहरुको उपस्थिती रहेको थियो ।