आचारसंहिता विपरित कार्य नगर्न संघको ध्यानाकर्षण

...

<pre style="text-align: justify; "><b>साउन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">पछिल्लो समय नेपाली चलचित्रक्षेत्रकी नायिका पुजा शर्मा र टेलिभिजन प्रस्तोता प्रकाश सुवेदी बिचको विवादमा चलचित्र पत्रकार संघ नेपालले विज्ञप्ती सार्वजनिक गरेको छ । संघले विज्ञप्ती मार्फत गत बिहिबार राति एपी वान टेलिभिजनमार्फत प्रसारित कार्यक्रम रजतटपमा समावेश नेपाली चलचित्रका अभिनेत्रीहरु लक्षित एक भिडियो सामाग्रीमा संघको ध्यानाकर्षित भएको जनाएको छ ।</p><p style="text-align: justify; ">संघका महासचिव समीर बलामीद्वारा जारी विज्ञप्तीमा भनिएको छ,&nbsp; ‘संचारको कुनै पनि माध्यमबाट पत्रकारिता गर्दा जातीय, लैंगिक, धार्मिक, क्षेत्रिय, भाषिक, शारीरिक, मानसिक र स्वास्थ्य अवस्थालाई लक्षीत गर्दै गरिने पत्रकारिता र प्रवृति निन्दनीय रहेको संघको ठम्याई छ । सामाजिक सञ्जाल तथा अन्य माध्यममा चलचित्र पत्रकारले आचारसंहिता बिपरित पत्रकारिता गरिरहेको भन्दै आलोचना भईरहँदा यसमा संघको ध्यानाकर्षण भएको हो ।’</p><p style="text-align: justify; ">विज्ञप्तीमा अघि लेखिएको छ ,&nbsp; ‘चलचित्र पत्रकारिताको नाममा आचारसंहिता विपरित कुनै पनि माध्यमबाट समाचार प्रकाशन गर्ने, भिडियो सामाग्री प्रशारण गर्नेलगायतका कार्य गरेमा क्षम्य नहुने संघको ठहर छ । सोही घटनालाई लिएर अभिनेत्री पूजा शर्मामार्फत संघमा निवेदन प्राप्त भएको हुदाँ यस विषयमा संघले आफ्नो धारणा स्पष्ट पारेको छ ।’</p><p style="text-align: justify; ">विज्ञप्तीमा उक्त कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदी यस संघको सदस्य नरहेको जानकारी गराउँदै पत्रकार आचारसंहिता विपरित गएर कसैलाई पनि पत्रकारिता गर्न छुट नरहेको संघ स्पष्ट पारेको छ । ‘अन्ततः चलचित्र पत्रकारको बदनाम हुने गरि पत्रकार आचारसंहिता विपरित गएर बद्नियतपूर्ण पत्रकारिता नगर्न संघ अनुरोध गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।</p>