दिवंगत बुबाको सम्झनामा सुगमको गीत

भदौ, काठमाडौं ।

गायक सुगम पोखरेलले आफ्नो दिवंगत बुबाको सम्झनामा नयाँ गीत ‘बुबाःहजुरको याद आउँछ’ सार्वजनिक गर्नुभएको छ । गीतमार्फत केही समयअघि गुमाएका आफ्ना बुबालाई सम्झिनु भएका सुगमले कुशे औंशी अर्थात बुबाको मुख हेर्ने दिनको छेकोमा सार्वजनिक गर्ने तयारीमा हुनुहुन्थ्यो । गीतको भिडियो तयार गरेर आफ्नो बुबालाई सरप्राइज दिने योजना अपूर्ण भएको भन्दै गीतमार्फत दिवंगत बुबालाई तिम्रो याद आउँछ भन्दै सम्झनु भएको हो ।

सुगमले लेख्नुभएको छ, ‘बुबालाई सरप्राइज दिन खोजेको थिएँ, त्यो अप्रत्याशित खबरले आफैं पो सरप्राइज भएँ । ‘बुबा’ शीर्षकमा गीत गर्दैछ रे भन्ने उहाँलाई थाहा थियो, तर मलाई गीत सुनाउन नपाएकोमा बडो थकथक लागेको छ । भौतिक रुपमा बुबा अहिले हामीमाझ नभए पनि उहाँको शिक्षादिक्षा, सोच, सपना अनि आर्शीवादलाई मार्गदर्शन मानेर एउटा असल मान्छे बन्ने प्रयास सधैं गर्नेछु ।’

उहाँले यो गीत सम्पूर्ण बुबाहरुलाई ‘बुबाको मुख हेर्ने दिन’ को कोसेली स्वरुप सार्वजनिक गरेका बताउनु भएको छ । गीतमा शब्द, स्वर र संगीत सुगम आफैको छ ।