किशोरको टेलिसिरियल अड्डा डिशहोममा आउँदै

...

<pre style="text-align: justify; "><b>भदौ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">निर्देशक किशोर भण्डारी फेरी टेलिसिरियलमा कमब्याक हुनुभएको छ । लामो समयसम्म टेलिसिरियल निर्माण गर्नुभएका भण्डारी नयाँ टेलिसिरियल ‘अड्डा’ लिएर आउने हुनुभएको हो । डिशहोमको कमेडी प्लस च्यानल मार्फत भण्डारी ‘अड्डा’ लिएर आउन लाग्नुभएको हो ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">सामाजिक विषयबस्तुमा निर्माण हुने ‘अड्डा’ले कर्मचारीबाट सेवाग्राहीले पाउने दुःखलाई समेट्ने छ । अड्डामा किशोर भण्डारी ‘डिट्ठा साब’, रेश्मा तिमल्सिना ‘बुनुमैचा’, कृष्णभक्त महर्जन, राम प्र. श्रेष्ठ, लीला के.सी., पुष्प अवस्थी, समीर मिया सुमा लामिछाने कृष भण्डारी, शुभेच्छा पाण्डेय, सञ्जय लामालगायत कलाकारको अभिनय रहनेछ ।&nbsp;</p><p style="text-align: justify; ">कथा लेखन तथा निर्देशन किशोर भण्डारीले गर्नेछन् भने छायांकन प्रवेश पोखरेल, सम्पादन दुर्लभ श्रेष्ठ र संगीत वसन्त सापकोटाको रहने छ ।&nbsp; हरेक शृंखला नयाँ कथा र नयाँ कलाकारका साथमा नौलो प्रस्तुति हुने बताइएको छ ।</p>