पूजा र प्रकाश बिच मिलापत्र

भदौ, काठमाडौं ।

नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीच मिलापत्र गरिएको छ । बिहीवार एपी वान टेलिभिजनको कार्यालयमा उहाँहरुले भविष्यमा आपसी सद्भाव विग्रन नदिने भन्दै सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । चलचित्र कलाकार संघ, निर्माता संघ, चलचित्र संघलगायत विभिन्न संघसंस्थाका व्यक्तिहरुको रोहबरमा नायिका र पत्रकारबीचको विवाद समाधान भएको हो ।

पत्रकार सुवेदी र अभिनेत्री शर्माबीच भएको सहमति पत्रमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्यकार संघका कार्यवाहक अध्यक्ष जनक कार्कीलगायतले हस्ताक्षर गर्नुभएको छ । पत्रकार सुवेदीले सञ्चालन गर्ने कार्यक्रम ‘रजतपट’ लाई लिएर भएका असहमति, उजुर बाजुरलगायतलाई अन्त्य गर्ने पनि उहाँहरुबीच सहमती भएको छ ।

सहमति पत्रमा भनिएको छ, ‘भविष्यमा एकअर्काको पेशा, व्यक्तिगत समेतलाई सम्मान गर्दै आआफ्नो पेशागत मर्यादामा रहि प्रचलित कानुन  र पेशागत आचार संहिताको परिपालना तर्फ सजग रहि भविष्यमा आपसी सद्भाव विग्रन नदिने प्रवृतिगत विषयमा समेत दुवै पक्ष संवेदनशिल र सचेत रहने ।’ दुईबीचको विवाद वार्ताबाट टुंगिएकोमा फिल्मकर्मीहरुले खुसी व्यक्त गर्नुभएको छ ।

‘रजतपट’ कार्यक्रममा आफूलाई लक्षित गरेर अपमानजनक शब्द बोलेको भन्दै पूजाले चलचित्र सम्बद्ध विभिन्न संघसंस्थामा पत्रकार सुवेदी विरुद्ध उजुरी दिनुभएको थियो । आफूले बोलेको शब्दलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि पत्रकार सुवेदीले एक भिडियोमार्फत् माफी माग्नुभएको थियो तर, पूजाले लिखित रुपमा माफी माग्नु पर्ने अडान राख्दै आउनुभएको थियो ।

पत्रकार सुवेदीसँग सहमति पत्रमा हस्ताक्षर गरेपछि अभिनेत्री पूजाले फेसबुकमा एक स्टाटस लेख्दै आफूले शान्ति चाहेका कारण माफी दिएको बताउनु भएको छ । लेख्नुभएको छ, ‘माफी दिन लायक छन् भनेर अरुलाई माफी दिने होइन । यो यसकारण कि तपाईं शान्तिको लायक हुनुहुन्छ ।’