राजेशको स्वरमा ‘खै के भयो’ गीत सार्वजनिक

भदौ, काठमाडौं ।

लोकप्रिय गायक राजेश पायल राईको स्वररमा रहेको ‘खै के भयो’ बोलको गीत सार्वजनिक गरिएको छ । रमेश मगरको शब्द संगीतमा तयार भएको गीत सन्तोष दुमी अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । केही बर्षदेखी बैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा बसोवास गर्दै आउनु भएका गीतकार रमेश मगरले सुस्त हावा, नसम्झाउ अतितका ति तिता पल लगायतका गीतमा शब्द संगीत दिईसक्नु भएको छ ।

सार्वजनिक गीतलाई राजु कार्कीले संगीत संयोजन गर्नुभएको हो । चर्चित प्रांकस्टार एलिस राई, नग्मा श्रेष्ठ, निनाहाङ राई अभिनित गीतको भिडियोलाई धन खालिङ र श्री थापाले खिच्नु भएको हो भने धन खालिङले नै सम्पादन गर्नुभएको हो ।

आफुले मन पराएको सबै कुरा पाउन सकिन्न भन्ने सन्देश दिन खोजिएको यस भिडियोलाई किशन भुषालले कोरियोग्राफि गर्नुभएको हो । जस्केको क्रियसनको प्रोडक्सनमा तयार भिडियोमा गायक तथा संगीतकार सन्तोष दुमीको निर्देशन रहेको छ ।