लोकप्रिय बन्दै विधानको माया नयनी ताल

भदौ, काठमाडौं ।

म्युजिक भिडियो निर्देशक विधान कार्कीले निर्देशन गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नयाँ भिडियो ‘फुर फुर पुतली’ सार्वजनिक भएको चारदिनको अन्तरमै ‘माया नयनी ताल’को भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक भएको छोटो समयमै भिडियो युट्युवको ट्रेन्डिंगमा आएको छ । साथै सकारात्मक प्रतिक्रिया मिलेको छ ।

डिभाइन म्युजिकको च्यानलबाट रिलिज भएको यो गीतमा सरोज साजन श्रेष्ठको शब्द र संगीत छ । यो गीतलाई सरोज आफैंले गाउनु भएको छ । शाहस शाक्यले संगीत संयोजन गर्नुभएको छ । सुदूरपश्चिमेली लयमा आधारित यो गीतको भिडियोमा सुधीर श्रेष्ठ, रियाशा दाहाल, शुशील रेग्मी र अनामिका बाराकोटीको अभिनय छ ।

भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले, छायांकन उत्सव दाहालको र सम्पादन विकाश दाहालको छ । लकडाउनअघि खिचिएको भिडियोलाई आफूले डान्सिङ भिडियोको रूपमा प्रस्तुत गरेको निर्देशक विधान कार्कीले बताउनु भएको छ । उहाँ यस गीतलाई आफ्ना अन्य गीतजस्तै दर्शक तथा श्रोताले मन पराउनेमा आशावादी हुनुहुन्छ ।