कंगनालाई केन्द्र सरकारको सुरक्षा

भदौ, मुम्बई (एजेन्सी) ।

भारतको केन्द्र सरकारले अभिनेत्री कंगना रनौतलाई सुरक्षा प्रदान गरेको छ । महाराष्ट्र सरकारका मन्त्री र शिवसेनाका नेता कार्यकर्ताको धम्कीपछि केन्द्रीय गृह मन्त्रालयले सुरक्षा खतरा आंकलन गर्दै सोमवार कंगनालाई ‘वाई’ श्रेणीको सुरक्षा दिने निर्णय गरेको हो ।

सुशान्तसिंह राजपुत मुद्दामा कंगनाले शिवसेनाको नेतृत्वमा रहेको महाराष्ट्र सरकारमाथि प्रश्न उठाउनु भएको थियो । शिवसेना नेता तथा राज्य सभा सांसद सञ्जय राउतसँग त उहाँको जुहारी नै चलेको छ । राउतसहित शिवसेनाका नेताहरुले कंगनालाई मुम्बई नै नआउन पनि भनेका थिए । कंगनाले पनि हिम्मत भए रोकेर देखाउन चुनौती दिनुभयो ।

विवादबीच सञ्जयका समर्थकहरूबाट कंगनालाई मार्ने धम्की समेत आएको छ । कंगनाविरुद्ध पुत्ता जलाउँदै प्रदर्शन पनि गरेका छन् । यस्तोमा ९ सेप्टेम्बर अर्थात बुधवार मुम्बई फर्किन लागेकी कंगनाको सुरक्षामा केन्द्र सरकारले एक कमाण्डोसहित ११ सैनिक खटाएको हो । अब कंगना मुम्बई एयरपोर्टमा उत्रिने वित्तिकै उहाँको साथमा सुरक्षाकर्मी खटिनेछन् ।

वाई श्रेणीको सुरक्षा भिआइपीलाई दिइन्छ । दुई कमाण्डो र २ पीएसओ संलग्न हुने सुरक्षा टिममा कुल ११ जना सुरक्षाकर्मी खटिन्छन् ।

कंगनाले सुशान्तको मुद्दामा महाराष्ट्र सरकारको दबाबमा मुम्बई पुलिसले निष्पक्ष छानविन नगरेको आरोप लगाउँदै आउनु भएको छ । अनुसन्धानमा लापरवाही र ड्रग्स कनेक्शनमा पनि मुम्बई पुलिस चुकेको भनेपछि महाराष्ट्र सरकार प्रतिरक्षामा उत्रियो । केन्द्र सरकारबाट सुरक्षा पाएपछि कंगनाले ट्वीटरमार्फत गृहमन्त्री अमित शाहलाई धन्यवाद दिनुभएको छ ।