गायक टंक बुढाथोकी कोरोना संक्रमण भएको महिनादिनमा निको भए

असोज, काठमाडौं ।

गायक तथा संगीतकार टंक बुढाथोकी कोरोना भाइरस संक्रमण भएको झण्डै एक महिनापछि कोरोना मुक्त भएका छन् । गीत संगीतको क्रममा छायांकनको समयमै आफूलाई कोरोना संक्रमण भएको हुनसक्ने टंकले आशंका गरेका छन् । टंकको ६ दिन अघि पुनः गरिएको स्वाबको परिक्षणमा नेगेटिभ आइसकेको छ । अर्थात कोरोनाबाट निको भइसकेका छन् ।

आफूलाई कोरोना संक्रमण भएपछि चिकित्सकको सल्लाहमा होम आइसोलेसनमै बसेर घरेलु उपचार पद्धतीबाट निको भएको उनी बताउँछन् । 'सुरुमा केहि डर लाग्यो, बिभिन्न समाचारहरु सुनिरहँदा मनमा ठुलो डर थियो तर चिकित्सक तथा अग्रह दाजुहरुको परामर्शले आत्मबल बढाएँ, मलाई कुनै लक्षण पनि थिएन ।' टंकले आर्टिष्ट खबरसँग भने । 'अहिले पुरा निको भएर पुनः काममा फर्किएको छु ।'

टंकले आफूमा कोरोना संक्रमण भइसकेपछि घरका अन्य सदस्यहरुमा पनि कन्ट्याक ट्रेसिंगको आधारमा परिक्षण गर्ने क्रममा कसैमा संक्रमण नदेखिएको बताए । उनका अनुसार श्रीमती र दुईछोरा सँगै, आफूसँगै रहेका बाल गायक अशोक दर्जीमा पनि कोरोना नेगेटिभ आएको बताए ।

टंकले कोरोना संक्रमण हुँदैमा आत्तिनु नपर्ने बताएका छन् । उनले सबैभन्दा ठुलो आत्मबल रहेको बताउँछन् । टंकको कसरी कसरी ३ बोलको गीत आउँदो बुधबार रिलिज हुँदै छ ।