लोक स्टार शनिको पहिलो गीत ‘झुम्का झलक्कै’

असोज, काठमाडौं ।

झण्डै एकबर्ष अघि सम्पन्न नेपाल लोक स्टारका बिजेता सनि बिश्वकर्माको पहिलो गीत सार्वजनिक गरिएको छ । मौलिक गायक रियालिटी सो नेपाल लोक स्टारको पहिलो सिजनकै बिजेता बन्नु भएका सनिसँग आयोजक टिमले एकबर्ष भित्र गीत निर्माण गर्ने सम्झौता गरेको थियो ।

अहिले सार्वजनिक ‘झुम्का झलक्कै’ बोलको गीत लोकलयमा आधारीत छ । सनिको स्वरलाई सुहाउने गीत सर्जक शिव हमालले तयार पार्नुभएको हो । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा १३ सयको हाराहारीमा गीत बनाइसक्नुभएका सर्जक हमालले सनी बिजेता नहुँदै आफूले सनिको स्वर देखेर गीत तयार पारेको बताउनु भयो ।

राजधानीको अनामनगरस्थित सिलौटो क्याफेमा प्रेसमिट गरी सार्वजनिक गरिएको गीतबारे बोल्दै सर्जक हमाल भन्नुहन्छ, ‘नेपाल लोकस्टारमा धेरै प्रतिभावान भाईबहिनी हुनुहुन्थ्यो तर सनीको स्वरमा निकै मिठास पाएको थिएँ, पहिलेनै यो भाईको लागी चाँही एक गीत बनाउँछु भन्ने थियो । आज पुरा भएको छ ।’ सर्जक हमालले सनीको स्वर टिपिकल लोकगीतमा भन्दा केहि फरकपनमा सुहाउने भएकाले सोही अनुरुप आफूले गीत तयार पारिदिएको बताउनु हुन्छ । गीतमा हमालको शब्द तथा संगीत छ । गीतमा सनिसँग बिष्णु माफीको स्वर रहेको छ ।

यस्तै आफ्नो पहिलो गीतको रुपमा दर्शक तथा स्रोता माफ यसगीत ल्याउन पाउँदा आफू निकै उत्साहित रहेको सनिले बताउनु भयो । निर्माण टिम राम्रो भएकाले धेरैबाट सकारात्मक प्रतिक्रिया आइरहेको सनि बताउनु हुन्छ । ‘अग्रज कलाकारहरुसँग जोडिन पाएको छु । त्यसमा निकै खुसी छु ।’ सनिले भन्नुभयो । ‘दर्शक तथा स्रोताले गीत मन पराउनुहुनेछ भन्नेमा आशावादी छु ।’

गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय कलाकारहरुलाई समेटिएको छ । भिडियोमा सागर लम्साल (बले), रियासा दाहाल, चक्र बम, गिता ढुंगाना लगायतका कलाकारहरुको अभिनय रहेको छ । भिडियो गम्भिर बिष्टले निर्देशन गर्नुभएको छ ।

भिडियोको बिषयमा बोल्दै कलाकार सागर लम्सालले गीत सुन्दै नाँचु–नाँचु लागेको बताउनु भयो । सागर भन्नुहुन्छ, ‘गीतको बिषयमा मलाई सुरुमा अफर गर्दा गीत सुनेपछि निकै राम्रो लाग्यो, हामीलाई पनि राम्रो गीत भएपछि आफूले काम गरौं भन्ने लोभ लाग्छ । त्यो मलाई भएको थियो ।’ यस्तै पछिल्लो समय ‘कोई काचल’ गीतबाट चर्चामा आउनु भएका चक्र बलले पनि यो गीतमा अभिनय गर्नुभएको छ । उहाँले भने गीतको भिडियो मेकिङको खुलेरै तारिफ गर्नुभयो । अर्की मोडल गीता ढुंगानाले पनि गीत र भिडियो दुबै राम्रो बनेको बताउनु भयो । मोडल रियासा दाहाल भने प्रेसमिटमा अनुपस्थित हुनुहुन्थ्यो ।

नेपाल लोक स्टारको आयोजक संस्था चाहाना मिडियाका प्रबन्ध निर्देशक सहदेव कोइरालाले बिजेता सनिसँग गीत निर्माण गरिदिने सम्झौता अनुरुप अहिले गीत सार्वजनिक गरिएको बताउनुभयो । बिचमा कोरोना कहर तथा अन्य बिबिध कारणले ढिला भएको उहाँको भनाई छ ।