स्वस्तिकाको टिमको पहलः एकबर्ष देखी ओछ्यानमै रहेकी नरमाया हिड्न सक्ने भइन्

...

<pre style="text-align: justify; "><b>असोज, काठमाडौं । </b></pre><p style="text-align: justify; ">कलाकार स्वस्तिका लामिछाने र उनको टिमको पहलमा एकबर्ष देखी ओछ्यानमै रहेकी एक महिला उपचार पछि निको भएकी छिन् । नुवाकोट लिखु गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौंको नागार्जुन ३ हलचोक बस्दै आएकी ४५ बर्षिय नरमाया घले घर बनाउने काम गर्ने क्रममा पाँच तलाबाट खसेर ढाड भाँचिएपछि उपचारका लागी खर्च नभएपछि ओछ्यानमै रहेकी थिइन् ।</p><p style="text-align: justify; ">कलाकार स्वस्तिका लामिछाने, समाजसेवी तारा बहादुर रानाभाट, सितल लामिछाने लगायतको टिमले सुरुवात देखी बिभिन्न सहयोगी मनहरुलाई पहलगरी आज उपचारपछि घर पठाउन सफल भएको बताइएको छ । स्पाइनल इन्जुरि पुनर्स्थापना केन्द्र सागाँमा उपचार भएपछि निको भएको कलाकार स्वस्तिकाले बताइन् । 'नरमाया दिदीको अवस्था देखेर हामीलाई बिभिन्न सहयोगी मनहरुले सहयोग गर्नुभयो । आज दिदी आँफै हिडडुल गर्न सक्नुहुन्छ । यो भन्दा खुसीको कुरा अरु के हुन सक्ला र', स्वस्तिकाले आर्टिष्ट खबरसँग खुसी साटिन् ।&nbsp;</p><p style="text-align: justify; ">स्पाइनल इन्जुरि पुनर्स्थापना केन्द्रका बिशेषज्ञ डा. राजु ढकालले नरमायाको उपचार गरेका थिए । नागार्जुन ३ का वडाध्यक्ष प्रेम श्रेष्ठले पनि अभियानमा ठुलो साथ दिएका थिए । आर्थिक सहयोग जुटाउनका लागी एभिन्युज टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम कोरोना कहर एभिन्युज पहलमार्फत पनि सहयोग जुटेको थियो ।&nbsp;&nbsp;</p>