छायाँकार जावेद शाहको निधन

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाली चलचित्रका छायाँकार जावेद शाहको बुधबार निधन भएको छ । काठमाडौंको क्षेत्रपाटीस्थित आफ्नै निवासमा निधन ७० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । उहाँको विहीवार मुश्लिम परम्परा अनुसार अन्तिम दाह संस्कार भइसकेको छ । उहाँको निधनको खबर भने शुक्रवार मात्र बाहिरिएको हो । छायाँकार शाहको श्रीमती र दुई छोरा हुनुहुन्छ ।

रुसमा चलचित्र सम्बन्धि अध्ययन गरेर फर्किएपछि सन् १९८३ मा उहाँले फिल्म ‘बदलिँदो आकाश’ मा सहायक छायाँकारको रुपमा काम गरेका थिए । शाहले पूर्ण छायाँकारका रुपमा चलचित्र ‘भाग्य रेखा’ मा काम गर्नुभएको थियो । जुन राजेश हमाल अभिनीत पहिलो चलचित्र हो । तर, आधा छायांकन नहुँदै उनी चलचित्रबाट निकालिनु भएको थियो । त्यसमा जावेद शाहको पनि हात रहेको भन्ने गरिन्छ ।

शाहले ‘विजय पराजय, युगदेखि युगसम्म, चोखो माया, सीमाना, प्रतिज्ञा, जमिन, नातेदार, प्रतीक्षा, ज्वाला, अवतार, रानी खोला’ लगायत दर्जनौं फिल्म खिच्नुभएको छ ।