तत्काल फिल्महल खोल्नु हुँदैनः राजेश हमाल

गोपिकृष्ण चापागाईं/ असोज, काठमाडौं ।

पछिल्लो ६ महिना कोरोना (कोभिड १९) भाइरसको महामारीले नेपाली चलचित्र  (फिल्म) क्षेत्रमा ठुलो असर पारेको छ । छायांकन भएर प्रदर्शनका लागी तयार भएका चलचित्रहरु रोकिएका छन् । छायांकनको तयारी अवस्थामा रहेका चलचित्र अन्योलमा छन् । यसैबिच केहि चलचित्रकर्मिहरु भने फिल्महल खोल्नुपर्छ भन्दै सरकार समक्ष आग्रह गरिरहेको देखिन्छ । झण्डै ३० हजार चलचित्रकर्मिहरु बेरोजगार भएको र केहि चलचित्रकर्मिको जिवीकोपार्जनमै समस्या भएकाले फिल्म छायांकनको अनुमति तथा फिल्म हल खोल्ने अनुमति दिनुपर्ने माग राखिरहनुभएको छ ।

यसैबिच चलचित्रक्षेत्रका महानायक राजेश हमालले भने तत्काल फिल्महल खोल्न नहुने तर्क दिनुभएको छ । अझैपनि नेपालमा कोरोना भाइरसको महामारी दिनप्रतिदिन फैलिरहेकाले केहि समय फिल्म हल नखोल्नुनै उचित हुने उहाँको धारणा छ । ‘कतिपयको यतिका समय भयो हल खोल्नुपर्छ भन्ने धारणा पनि छ तर हामीहरु होसियारी पनि हुनुपर्छ, हामीले अहिलेको परिवेशलाई बुझ्नुपर्छ । हामी ठप्प भएर केहि कामै नगर्ने भनेको होइन तर सतर्कता अपनाएर काम गर्नुपर्छ ।’ हमालले हिमालय टाइम्स्सँग भन्नुभयो । ‘फिल्म हल खोलिहाल्दा भोली केहि समस्या आयो भने के गर्ने त्यो पनि सोच्नुप¥यो ।’

अभिनेता हमालले केहि समयपछि भने फिल्महलमा सतर्कता अपनाएर खोल्नुपर्ने बताउनु भयो । ‘वातावरण सहज नभएसम्म तत्काल फिल्म हल खोलिहाल्नु हुन्न जस्तो लाग्छ । सार्वजनिक यातायातहरु ठप्प थिए अहिले सञ्चालनमा आएका छन् , त्यस्तै फिल्महलहरु पनि केहि समय हेरेर परिस्थिती सहज भएपछि सतर्कताकासाथ खोल्दा राम्रो होला ।’ हमालले भन्नुभयो । ‘सबै क्षेत्र खुलीसकेपछि अन्तिममा खुल्ने क्षेत्र हो फिल्मीक्षेत्र ।

अभिनेता हमालले पछिल्लो समय कोरोना भाइरसका कारण दर्शकले चलचित्र हेर्न नपाएकाले आफूले म्युजीक भिडियोमा काम गर्न थालेको बताउनु भएको छ । आइतबार इन्द्रजित मिहारको स्वरमा रहेको एक गीतको छायांकन सक्नुभएको अभिनेता हमालले लकडाउन भरी आफूलाई १२ वटा म्युजीक भिडियोको अफर आएको बताउनु भयो । ‘अहिले चलचित्र पनि नभएका बेला दर्शकका लागी केहि म्युजीक भिडियो गरौं की भन्ने लागेको छ । आज एक भिडियोको सुटिङ गरियो । केहि दिनपछि अर्को पनि गर्दैछु ।’ अभिनेता हमालले भन्नुभयो । ‘गीत हेरेर केहि समयको ग्यापमा म्युजीक भिडियोहरु पनि गर्नुपर्छ भन्ने लागेको छ ।’

यस्तै अभिनेता हमालले कोरोना भाइरसको माहामारी केहि सहज भएपछि आफूले चलचित्र बनाउने पनि बताउनु भयो । उहाँले आफैको निर्देशन र अभिनय रहने चलचित्र दर्शकमाफ छिट्टै ल्याउने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘मेरै निर्देशनमा एक चलचित्र आउनेछ,  अहिले भित्री कामहरु भइरहेको छ । माहामारी सकिएपछि जहाँसम्म दर्शकले हेर्न पाउनुहुनेछ ।’

आइतबार छायांकन भएको गीतमा गोपाल लोहारको शब्द, सुरेश अधिकारीको संगीत रहेको छ भने भिडियोमा नवकलाकार आग्या खतिवडाले अभिनय गर्नुभएको छ । काजि लिम्बुले निर्देशन गर्नुभएको भिडियो श्याम तामाङले खिच्नुभएको छ । उक्त ‘जुनमा हेरु तिमीलाई’ बोलको आधुनिक गीत आउँदै गरेको वडा दशैंको छेको पारेर सार्वजनिक गरिने भिडियोका निर्देशक लिम्बुले जानकारी दिनुभएको छ ।

(समाचार आजको हिमालय टाइम्समा प्रकाशित छ)