‘भद्रगोल’का कलाकारहरुको सक्कली नाम यस्ता छन्

...

bhadragol team photoपुस १८, काठमाडौं । हाँस्य टेलिश्रृंखला भद्रगोलमा समावेश थेगो यतिखेर धेरैको मुखमुखमा झुन्डिन्छ । भद्रगोलका अभिनय गर्ने कलाकारहरु यतिखेर निकै चर्चामा छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने अन्य टेलिश्रृंखला भन्दा निकै पछि आएर पनि छोटो समयमा नै निकै लोकप्रिय बनेको टेलिश्रृंखला भद्रगोलमा अभिनय गर्ने कलाकारहरु प्राय सबैको थेगो राखिएको छ ।

साना मानिस देखि युवाहरुले अहिले बोल्दा भद्रगोलकै थेगो प्रयोग गर्दछन् । मेरी आम्मै नि, खत्तम भो बर्बादै भो, डाम्ना, सक्कि गोनि, ए हो ठिकै छ, सहि कुरो बोरो, तनावै तनाव छ गोजिमा दुई रुपैया छैन लगायतका थेगोहरु यतिखेर हिट छन् । साथै अभिनय गर्ने कलाकारहरु पनि देश बिदेशका कार्यक्रममा निकै ब्यस्त छन् ।

हामीले बिभिन्न टेलिश्रृयल त हेर्ने गर्दछौं, प्रत्यक्ष भटेमा चिन्छौं पनि तर तिनै कलाकारहरुको वास्तिविक नाम थाहा नहुन सक्छ । आजहामी यहाँ भद्रगोलमा अभिनय गर्ने कलाकारहरुको वास्तिविक नाम र उनीहरुको भद्रगोलमा के थेगो छ त्यसको बारेमा चर्चा गर्दैछौं ।

shankar acharye - baristhheशंकर आचार्य ‘बरिष्ठे’
भैगोनि त हजुर बरिष्ठ हस्त नमस्ते थेगो बोल्दै आएका बरिष्ठे को वास्तिविक नाम शंकर आचार्य हो । भद्रगोलका निर्देशक समेत रहेका शंकर ४ दर्जनजति टेलिश्रृंखला र १ दर्जन जति ठुलो पर्दाका चलचित्रमा अभिनय गरीसकेका छन् । उनी तितो सत्यका कलाकार राज आचार्यका बुबा हुन् ।

 

 

subhas karki - belaseसुवास कार्की ‘वेलासे’
तनावै तनाव छ खल्तिमा दुई रुपैया छैन भन्दै हँसाउने वेलासेको वास्तिविक नाम भने सुवास कार्की हो । बेलासे भद्रगोलका निर्माता पनि हुन् ।  सुवास यतिखेर भद्रगोल टिम लिएर देश बिदेशका बिभिन्न कार्यक्रमहरुमा व्यस्त छन् ।

 

 

 

arjun-ghimire - padeअर्जुन घिमिरे ‘पाँडे’
भद्रगोलमा पाँडे भनेर चिनिने कलाकार हुन् अर्जुन घिमिरे । पाँडेको नामबाट यतिबेला जसले पनि उनलाई चिन्छन् तर उनको वास्तविक नाम अर्जुन घिमिरे भन्ने धेरै लाई थाहा छैन । आफुलाई बाहिर हिड्दा आम मानिसले चिन्ने नगरेको कलाकार अर्जुन घिमिरेले बताउँछन् । उनले आफुलाई बाहिर साधारण गेटअपमा हिड्दा पनि कसैले नचिन्ने हुँदा फाइदै भएको बताउँछन् । भद्रगोलमा पाँडेको भुमिकामा रहेका अर्जुनको मेरी आम्मै नि, डाम्ना, लौ बर्बादै भो खत्तमै भो, मारी जस्ता थेगो चर्चित छन् ।

kumar kattel - jigriकुमार कट्टेल ‘जिग्री’
जिग्रीको नामबाट आफुलाई भद्रगोलमा स्थापित गर्न सफल भएका कलाकार हुन् कुमार कट्टेल । उनको सक्कि गोनि, हल्का जस्ता थेगो हिट छन् । आफ्नो कलाकारीता हाँस्य टेलिश्रृंखला मेरी बास्सैबाट शुरु गरेका कुमार सिताराम कट्टेल धुर्मुसका भाई पनि हुन् । उनले मेरी बास्सैमा जिग्री हजुर नाम स्थापित हुन नसकेपछि भद्रगोलमा आएर जिग्री बोरो लाई स्थापित गरेका हुन् ।

 

hari niraula - kakroj
हरी निरौला ‘कक्रोज’

डेडलकको मुठ्ठो कपाल माथि फर्काएर जिग्री र बलेको साथमा देखिने कक्रोजको वास्तविक नाम हरी निरौला हो । स्लो मोसन थेगो नाम चर्चित हरी को डेडलक कपालले गर्दा अझ चर्चित छ । सिस्नु पानी झ्याम्मै बाट आफ्नो कलाकारीता शुरु गरेका हरीले पछिल्लो समय भद्रगोलमा आएर आफुलाई स्थापित गर्न सफल भए । उनले म्युजीक भिडियोको कोरीयो ग्राफि पनि गर्छन । उनी दर्जन भन्दा बढि म्युजीक भिडियोहरुमा काम गरीसकेका छन् ।

sagar lamsal - baleसागर लम्साल ‘बले’
ए आम्मा हो भन्दै भद्रगोलमा बिस्तारै बोल्दै आउने बलेको वास्तविक नाम हो सागर लम्साल । भद्रगोलमा बले नामबाट चर्चा बटुलेका सागरको थेगोपनि आममानिसका निकै छाएको छ । गाउँको अंग्रेजी नजान्ने केटाको भुमिकामा रहेका सागर लम्साल पनि यतिखेर भद्रगोलकै टिम सँग बिभिन्न देश बिदेशका कार्यक्रममा व्यस्त छन् ।

rakshya shresthaरक्षा श्रेष्ठ ‘रक्षा’
भद्रगोलमा जिग्री बोरोको गलफ्रेन्ड भनेर चिनिने रक्षाको वास्तविक नाम रक्षा श्रेष्ठ नै हो । मोडलिङ क्षेत्रमा सक्रिय रक्षा पछिल्लो समय भद्रगोलमा रक्षा नाम बाट चिनिएकी हुन् । उनी अहिले सम्म २१ वटा बिज्ञापनम खेलीसकेकी छिन् ।


govinda koirala - jagyinteगोबिन्द कोइराला ‘जयन्ते’

भद्रगोलमा पाँडेलाई काका भन्दै हँसाउदै आएका जयन्तेको वास्तिविक नाम गोबिन्द कोइराला हो । काका आज त चामलको भात खानुपर्छ भन्दै पाँडेसँग देखिने यि गोबिन्द कोइराला पनि भद्रगोलको टिम सँग बिभिन्न कार्यक्रममा हँसाउन पुग्छन् । कलाकार गोबिन्दले पनि आफ्नो कलाकारीता सिस्नु पानि झ्याम्मै बाट सुरु गरेका हुन् ।

 


madhusudan pathak- sete baमधुसुधन पाठक ‘सेते बा’

भद्रगोलमा ए हो ? ठिकै छ भन्दै हाँस्ने सेते बा को वास्तिविक नाम भने मधुसुधन पाठक हो । सेते बा भने पछि जसले पनि चिन्न यि कलकारलाई मधुसुधन भन्दा कसैले पनि चिन्न सक्दैनन् । भद्रगोलम बृद्धको भुमिकामा देखिएपनि यिनी मात्र २६ बर्षिय युवा हुन् । यिनलाई पनि साधारण शैलीमा बाहिर हिड्दा जो कोहिले चिन्न सक्दैनन् ।

 

 

kamal madi nepal - khupika bauकमलमणि नेपाल ‘खुपिका बाउ’
कुरो के त भन्दा आखिरमा होनि त भन्दै ठुलो ठुलो स्वरमा कराउँदे भद्रगोलमा देखापर्ने खुपिका बाउ को वास्तविक नाम भने कमलमणि नेपाल हो । डेढ दशक भन्दा लामो समय अभिनयको क्षेत्रमा खर्चिएका यि कलाकार थुप्रै ठुलो पर्दाका चलचित्रहरुमा पनि अभिनय गरेका छन् । पछिल्लो समय उनले बिभिन्न स्टेज कार्यक्रममा समेत भद्रगोलकै अन्य एकदुई जना कलकारको टोली लिएर हँसाउने गरेका छन् ।

 

sujit thapa - maneसुजित थापा ‘माने’
मैले बुझेँ भान्दाई मैले सोझो टाइपमा भद्रगोलमा देखापर्ने यि मानेको वास्तविक नाम भने सुजित थापा हो । भद्रगोलभन्दा अगावै घरबेटी बा, सिस्नुपानी झ्याम्मै जस्ता टेलिश्रृंखलामा अभिनय गरीसकेका सुजित रेडियो कार्यक्रम सञ्चालन तथा म्युजीक भिडियोमा अभिनय समेत गरीसकेका छन् ।