एलिनाको ‘बन चरी’मा माइती र चेलीको सम्बन्धको कथा

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गायिका एलिना चौहानको स्वरमा रहेको  'बन चरी' बोलको गीत सार्वजनिक गरिएको छ । म्युजिक भिडियो सहित युट्युबमा सार्वजनिक गीतमा भूमिका सुब्बाको शब्द रचना रहेको छ भने साजन राईको सङ्गीत रहेको छ ।

माइती र चेलीको सम्बन्धमा आधारित सुमधुर गीतले नेपालीहरूको महान चाड दशैं र तिहारको झल्को दिन्छ । गायिका चौहानको सुमधुर आवाजमा सजिएको यस गीतमा अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको छ ।

भिडियोलाई किरण चाम्लिङले निर्देशन गरेका हुन् । गीत तथा गीतको भिडियोमा आफूलाई जन्म दिने आमा बुवा र आफू हुर्केको ठाउँलाई छोडेर जानुपर्दाको पिडा र सम्झना मार्मिक भावमा प्रस्तुत गरिएको छ । चाडबाड आउँदा आउने याद र टाढा हुनुको पीडा म्युजिक भिडियोमा महसुस गर्न सकिन्छ। साथमा गीतले आमा छोरीको सबन्धलाई पनि सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।

गीतलाई बिजु कर्माचार्यले एरेन्ज गरेका हुन भने भर्जिन भोइसमा रेकर्ड गराइएको गीतलाई रोबर्ट लिम्बु सुब्बाले रेकर्ड गरेका छन् ।अनिल रानाले सम्पादन गरेको भिडियो भूपेन्द्र तुबहाम्फेले खिचेका हुन् ।