सुधिर र रियाशा भन्दैछन्, ‘कुरा काट्ने मान्छेले काटुन्’

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रमा क्वालिटीको गीत दिने गायक तथा निर्देशकको रुपमा चिनिएका सरोज वलीको निर्देशनमा नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । आइतबार दिउँसो ४ बजे गज्जब टिभी युट्युवबाट प्रिमियर गरिएको यस गीतमा एलिना चौहान र सुवाष पुरीको स्वर छ । ‘कुरा काट्ने मान्छेले काटुन्’ बोलको गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी रहेको छ । भिडियोमा रियाशा दाहाल, सुधिर श्रेष्ठ फिचर्ड छन् ।

दिपक शर्माको शब्द तथा संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज छ । नवराज उप्रेतीले खिचेको गीतको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।