सागर र निताको पहिलो भेट

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

कलाकार सागर लम्साल (बले) र निता ढुंगानाले पहिलो पटक सँगै काम गर्नुभएको छ । सम्राट चौलागाईंको स्वरमा रहेको एक गीतमा दुईजनाले सँगै काम गर्नुभएको हो । अहिलेसम्म प्रत्यक्ष भेट नभएको र पहिलोसँगै भिडियोमा सँगै काम गर्न पाउँदा सागर र निता दुबैले खुसी लागेको बताउनु भयो ।

बिशेष गरी हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ मा बले को भूमिकाबाट चिनिएका सागरले थुप्रै भिडियोमा काम गरेपछि अहिलेसम्म नायिका नितासँग काम गर्ने अवसर नजुरेको र आज पुरा भएको बताउनु भयो । ‘अहिलेसम्म निता जीसँग काम गर्ने अवसर जुरेको थियो । निकै राम्रो नायिका निता जि सँग काम गर्न पाउँदा खुसी लाग्यो ।’ सागरले आर्टिष्ट खबरसँग भन्नुभयो । ‘यो अवसर गायक सम्राट चौलागाईंले मिलाउनु भएको हो ।’

नायिका निताले पनि पहिले देखी टेलिभिजनको पर्दामा सागरको अभिनय हेरिरहेको र क्यारेक्टर बाहिरको अभियन पनि निकै राम्रो भएको भन्दै तारिफ गर्नुभयो । दुबैजनाले एक अर्कालाई तारिफ गर्नुभएको थियो । दशैंको छेकोमा छायांकन भएको र कोरोना महामारीका बिच छायांकन भइरहँदा छायांकनस्थलमा सुरक्षा सतर्कता अपनाएको पनि नायिका निताले जानकारी दिनुभयो ।

Video Interview: