राजेश हमालले आज्ञालाई भन्दै छन्- ‘जुनमा हेरु तिमीलाई’ (भिडियो)

गोपिकृष्ण चापागाईं/ कात्तिक, काठमाडौं ।

महानायक राजेश हमाल अभिनित नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ । ‘जुनमा हेरु तिमीलाई’ बोलको गीतमा वरिष्ठ गायक इन्द्रजित मिजारको स्वर रहेको छ । गोपाल लोहारको शब्द रहेको यस गीत सुरेश अधिकारीले कम्पोज गरेका हुन् ।

गीतको भिडियोमा महानायक हमालले नवनायिका आज्ञा खतिवडासामु प्रेमभाव दर्साएका छन् । आज्ञाले यो डेब्यु भिडियो हो । पछिल्लो समय महानायक हमालले म्युजीक भिडियोमा अभिनय गर्न थालेका छन् । यस कोरोना महामारी पछि हमालले छायांकन गरेको यो पहिलो भिडियो हो । यसपछि हमालले झण्डै आधादर्जन म्युजीक भिडियोमा काम गरिसकेका छन् । यस्तै केहि सार्वजनिक पनि भइसकेका छन् ।

महानायक हमालले गायक इन्द्रजित मिजारसँगको आत्मियताका कारण पनि यस गीतमा अभिनय गरेको बताएका छन् । धेरै गीत तथा चलचित्रबाट अफर आइरहेको र यो गीत राम्रो र त्यसमाथि गायकसँगको सम्बन्धका कारण आफूले भिडियोमा अभिनय गरेको बताएका हुन् । ‘मलाई धेरै गीतमा अभिनयकै लागी अफर आएका छन् । तर यो गीत बिशेषगरी इन्द्रजित मिजारसँगको सम्बन्ध हाम्रो धेरै नजिक छौं । त्यसैले पनि म जोडिएको हुँ ।’ हमालले आर्टिष्ट खबरसँग कुरागर्दै भने ।

‘जुनमा हेरु तिमीलाई’ गीतमा राजेश र आज्ञालाई सजावत गर्ने काम राम ठाकुर र रिता बलामीले गरेका छन् । स्याम तामाङले खिचेको भिडियोमा समि श्रेष्ठको कोरियोग्राफि रहेको छ भने भिडियो श्याम लामा र काजी लिम्बुले निर्देशन गरेका हुन् ।